मङ्गलबार 21 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ जिल्ला सभा चितवनको सक्रियतामा प्रशिक्षण तथा वडा सभा गठन

Mongol Vision | 13 नोभेम्बर 2020

एम.एन.ओ जिल्ला सभा चितवनको सक्रियतामा प्रशिक्षण तथा वडा सभा गठन

चितवन/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा चितवनको आयोजनामा भरतपुर महानगरपालिका-29 मा प्रशिक्षण तथा तदर्थ वडा सभा गठन भएको छ । 13 नोभेम्बर 2020 का दिन जिल्ला सभा अध्यक्ष टेक बहादुर तामाङको सभाध्यक्षता र संगठनका केन्द्रीय सर्वोच्च सभा सदस्य रिन्छेन तामाङको प्रमुख आतित्यथामा सम्पन्न भएको कार्यक्रमको विशेष अतिथी संगठनका केन्द्रीय सदस्य तथा आर्थिक सभाका सदस्य सोम बहादुर तमुले मुलबासी मंगोल र एम.एन.ओ को बिषयमा प्रशिक्षणात्मक मन्तब्य सहित प्रकाश पार्नु भएको थियो ।

एम.एन.ओ जिल्ला सभा चितवनको सक्रियतामा प्रशिक्षण तथा वडा सभा गठन

सम्बोधनको क्रममा प्रमुख अतिथी तामाङले महामानव सिदाहा बुद्धले ज्ञान बाडेको समय लाई मध्यनजर गर्दै साङ्गठानिक गतिविधिको साथ मंगोल पू्र्खाहरुको बास्तविकता प्रस्टाउनु पर्ने कुरालाइ जोड दिनु भएको थियो । बाग्मती प्रदेश सभाका बरिष्ठ सदस्य श्रीषा तामाङ, गोरखा जिल्ला सदस्य तेम्बा घ्याल्जेन, चितवन जिल्ला सभाको बरिस्ठ सदस्य भिम बहादुर घले लगायतको उपस्थिति रहेको कार्यक्रममा अतिथी श्रीषा तामाङले एम.एन.ओ नै मंगोल चेलिहरुको प्रतिभा प्रस्फुटन गर्दै नारी अधिकार सुनिश्चित गर्ने उद्घोष गर्नु भएको थियो । कार्यक्रमकै अवसरमा दुर्गा बहादुर गुरुङको अध्यक्षतामा एम.एन.ओ. भरतपुर 29 वडा सभा गठन भएको छ । एम.एन.ओ जापान प्रवास सभाका सल्लाहाकार स्थानीय गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रम जिल्ला सभाका सचिव फैन्द्र जङ्ग गुरुङले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्