बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ. जिल्ला सभा मकवानपुरको आयोजनामा हेटौडा उ.प-१६, चिसापानीमा बृहत मूलबासी मंगोलको प्रशिक्षण कार्यक्रम सम्पन्न

Nabraj Mongol Blon | 12 डिसेम्बर 2020

एम.एन.ओ. जिल्ला सभा मकवानपुरको आयोजनामा हेटौडा उ.प-१६, चिसापानीमा बृहत मूलबासी मंगोलको प्रशिक्षण कार्यक्रम सम्पन्न

मकवानपुर/ एम.एन.ओ. जिल्ला सभा मकवानपुरको आयोजनामा हेटौडा उ.प-१६, चिसापानीमा बृहत मूलबासी मंगोलको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । १२  डिसेम्बर २०२० सनिबारको दिन मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा मकवानपुरका सदस्य सगर मगरको  सभाध्यक्षता एवम् मंगोल नेशनल अर्गनाइजेसन केन्द्रीय सर्वोच्च सभा सदस्य एवम् कार्यालय सचिब रिन्छेन तामाङ ज्यूको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य जीवन स्याङतानको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित हुनुभएका मुलबासी मंगोलहरुलाई कार्यक्रमका प्रमुख अतिथि रिन्छेन तामाङले अब आफ्नो अस्तित्व सुरक्षा गर्नका लागि अब आउने दिनहरुमा एक भई  एम.एन.ओ.लागि पर्नु पर्छ भन्ने विविध बिषय सम्वन्धी प्रशिक्षण दिनुभएको थियो भने त्यस्तै विशिष्ट अतिथि जीवन स्याङतानले ८० प्रतिशत अहिन्दु मुलबासी मंगोलहरु एकजुट हुन्न सकेमा अबको ५ बर्षमा संबिधानमा अधिकार र अस्तित्व सुरक्षा हुन्न सकिने छ भन्ने बिषयहरुमा  प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा बाग्मति प्रदेश सभाका कोषअधक्ष्य कुमार तामाङ्ग  एवम सदस्यहरु, युवराज स्याङतान र नवराज ब्लोन, त्यस्तै जिल्ला सभाका सदस्यहरु सागर मगर, युनिस मोक्तान, सुगम तामाङ लगायतका सदस्यहरु रहनु भएको थियो । 

 

एम.एन.ओ. जिल्ला सभा मकवानपुरको आयोजनामा हेटौडा उ.प-१६, चिसापानीमा बृहत मूलबासी मंगोलको प्रशिक्षण कार्यक्रम सम्पन्न

एमएनओ जिल्ला सभा मकवानपुरका सदस्य सुगम तामाङले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमलाई जिल्ला सजिव बिक्रम थिङ्गले सञ्चालन गर्नु भएको थियो । कार्यक्रम जिल्ला सभा सदस्य सागर मगरले  समापन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्