सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ जिल्ला सभा मकवानपुरको ऐतीहासिक दोस्रो अधिवेशनको मिति तय

Nabraj Tamang | 26 मार्च 2021

एम.एन.ओ जिल्ला सभा मकवानपुरको ऐतीहासिक दोस्रो अधिवेशनको मिति तय

मकवानपुर / मार्च २६ का दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मकवानपुरको ऐतिहासिक दोस्रो अधिवेशनको मिति तोकीएको छ। संगठनको बिधान अनुरुप जिल्ला सभा विघटन  गरि सागर मोक्तानको संयोजकत्वमा १३ जना सदस्य सहित दोस्रो एतिहासिक जिल्ला अधिवेशन मुल आयोजक सभा गठन भएको छ। साथै बृहत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि एम.एन.ओ केन्द्रिय सर्वोच्च सदस्य एवम् कर्यालय सचिव रिन्छेन तामाङ,बिशिस्ट अतिथि बगमती प्रदेश प्रचारप्रसार सचिव सलिकराम मगर त्यसैगरि अतिथिहरु बगमती प्रदेशका वरिष्ठ सदस्य श्रृषा तामाङ, सदस्य नवराज तामाङ साथै एम.एन.ओ जिल्ला सभा चितवनका प्रचारप्रसार सचिव भिम बहादुर घले सहित उपस्थिति  रहनुभएको थियो। संगठनको विधिविद्दान अनुरूप प्रत्येक 2/2 बर्षमा जिल्ला अधिवेशनहरु सम्पन्न हुनु पर्ने ब्यबस्था भएकोले अधिवेशन यही आउंदो मिति २०७८ बैशाख २४ र २५ अथवा मे 7 र 8 गतेका दिन बगमती प्रदेशको राजधानी हेटौंडामा घोषणा सभाका साथ भव्य र सव्य बनाउनका लागी मिति निर्धारण गरिएको छ। सागर मोक्तानको संयोजकत्वमा सचिव बिक्रम थिङ,कोषअध्यक्ष उर्गेन तामाङ,प्रचारप्रसार सचिव सागर मगर, सदस्यहरुमा युनिश मोक्तान, स्याम ब्लोन,चन्द्र मोक्तान,सुगम तामाङ,युबराज तितुङ,वीर बहादुर गोले,कुबेर गोले,गणेश मगर लगायत मुलआयोजक सभा गठन भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्