बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ जिल्ला सभा मकवानपुरमा प्रशिक्षण कार्यक्रम तथा वडा सभा गठन सम्पन्न

Nabraj Tamang | 17 अप्रिल 2021

एम.एन.ओ जिल्ला सभा मकवानपुरमा प्रशिक्षण कार्यक्रम तथा वडा सभा गठन सम्पन्न

मकवानपुर / अप्रिल १७, २०७८ वैशाख ०४ का दिन मंगोल नेशनल अर्गनाइजेशन एतिहासिक दोस्रो जिल्ला अधिवेशन मूलआयोजक सभाकोआयोजनामा बागमती गाउपलिका -८ स्थित भवानीपुरमा सागर मोक्तानको सभाध्यक्षता र एम.एन.ओ बागमती प्रदेशका सदस्य युवराज तामाङ्गको प्रमुख आतिथ्यतामा एकदिने प्रशिक्षण कार्यक्रम तथा वडा सभा गठन सम्पन्न भएको छ। उक्त सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी तामाङले एम.एन.ओ एतिहासिक दोस्रो मकवानपुर जिल्ला अधिवेशन सभ्य र भव्य सफल बनाउनका निम्ति सम्पूर्ण मुलबासी मंगोलहरुलाई आह्वान गर्दै मुलबासी मंगोलहरुको साझा घर मंगोल नेशनल अर्गनाइजेशनमा आवद्ध हुन आह्वान गर्दै नव निर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराउनुभयो र मंगोल दर्शन र मंगोल नेशनल अर्गनाइजेशनको कुटनिती, रणनीति युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युको जीवनी र उहाँले लेख्नु भएको पुस्तकहरुलाई गहन रुपमा अध्ययन गर्नसके मात्र बुझ्न सकिने कुरा बताउनु भयो। कार्यक्रमको विशिस्ट अतिथि जिल्ला सभा मकवानपुरको सदस्य कुबेर गोलेले पनि मुलबासी मंगोलहरु एकजुट भइ दिनु हुन आह्वान र मन्तव्य व्यक्त गर्नुभयो । त्यसैगरि अन्य अतिथीहरु नविन लामा,हरि विका,साङ्गे दोर्जे तामाङ्ग,अकल तामाङ्ग सहितले संगठनको बारेमा परिचयात्मक प्रशिक्षण प्रदान गर्नुभयो । प्रशिक्षण पश्चात् रोशन रुम्बाको अध्यक्षतामा २२ सदस्यीय वडा सभा गठन भएको हो । सचीवमा अन्जु मोक्तान कोषाध्यक्षसर्मिला स्याङ्गतान प्रचारप्रसार सचिव अनिता स्याङ्गतान सदस्यहरु राम ब. धिसिंग,कर्म छिरिंग स्याङ्गतान,रमेश रुम्बा,चिनी माया रुम्बा,ज्ञानी माया स्याङ्गतान,सुन माया स्याङ्गतान,ठुली माया स्याङ्गतान,… चयन भएका छन् । कार्यक्रम जिल्ला सभाको सचीव बिक्रम थिङ्गले सञ्चालन गरेको थियो।

एम.एन.ओ जिल्ला सभा मकवानपुरमा प्रशिक्षण कार्यक्रम तथा वडा सभा गठन सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्