सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ जिल्ला सभा धादिङको नियमित बैठक आरम्भ, सिन्धुपाल्चोक बाढी पिडित लाई सहयोग हस्तान्तरण

Mongol Vision | 14 जूलाई 2020

एम.एन.ओ जिल्ला सभा धादिङको नियमित बैठक आरम्भ, सिन्धुपाल्चोक बाढी पिडित लाई सहयोग हस्तान्तरण

धादिङ/ कोभिड-19 कोरोना भाइरसको संक्रमणले बिश्व नै आक्रान्त भए पश्चात नेपाल सरकारले गरेको लकडाउनको करिब साढे 3 महिना पश्चात मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङको नियमित बैठक 14 जुलाइ 2020 मा जिल्ला सदरमुकाम धादिङबेशिमा सम्पन्न भएको छ ।

संगठनका धादिङ जिल्ला सभा अध्यक्ष धर्मराज सेन्देनको सभाध्यक्षता तथा केन्द्रीय सर्वोच्च सभाका सदस्य रिन्चेन दोर्जे तामाङको प्रमुख आतित्यथा रहेको नियमित बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथिले संसारकै राजनीति उदारवाद लोकतन्त्र र नाजिवादी हरुको बिचमा आमने सामनेको लडाइ सुरु भएकोले नेपालमा पहिलोपटक लोकतन्त्र को माग र मुद्दाको आवश्यकता रहेको कुरा बताउदा पन्चायत प्रशासनको जेल नेल भोग्न बिवश हुनु भएका नेपालको प्रथम लोकतन्त्रवादी नेता युग पुरुष अमर ड. गोपाल गुरुङ र मंगोल नेशनल अर्गनाइजेशनको कार्यकर्ताहरु आक्रोशमा कस्ले के भन्दैछ मा होइन संगठनको केन्द्र सभाको निर्देशन अनुरुप इमान्दार भएर अघि बढ्नु पर्ने कुरामा जोड दिनु भएको थियो । 

एम.एन.ओ जिल्ला सभा धादिङको नियमित बैठक आरम्भ, सिन्धुपाल्चोक बाढी पिडित लाई सहयोग हस्तान्तरण

बैठक कै अवसर मा गत असार अन्तिम साता गएको बिनाशकारी बाढिपहिरो बाट सिन्धुपाल्चोकमा पुगेको मानवीय क्षति प्रती सान्त्वना जनाउदै राहात स्वरुप एम.एन.ओ जिल्ला सभा सिन्धुपाल्चोकको अपिल भए अनुरुप एम.एन.ओ जिल्ला सभा धादिङको तर्फबाट 17,015/- सत्र हजर पन्ध्र रुपैया जिल्ला सभा कोषाध्यक्ष वीर बहादुर तामाङ बाट प्रमुख अतिथि मार्फत जिल्ला सभा सिन्धुपाल्चोकलाइ हस्तान्तरण गर्नु भएको छ । सभाध्यक्ष धर्मराज तामाङले मध्य बर्खा सुरु हुनु पुर्व नै जिल्ला सभा मातहतका सबै नगर तथा गाउँ सभाहरुलाइ नियमित मिटिङ राख्न निर्देशन दिनुभएको थियो । मिटिङ जिल्ला सभा धादिङका सहसचिव मान बहादुर गुरुङले संचालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्