शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ. केन्द्रीय कार्यलय काठमाण्डुमा संस्थापक प्रेसिडेण्ट ड. गोपाल गुरुङ ज्यूको चौथो स्मृती सभा सम्पन्न

सिर्जना मंगाेल | 10 जून 2020

एम.एन.ओ. केन्द्रीय कार्यलय काठमाण्डुमा संस्थापक प्रेसिडेण्ट ड. गोपाल गुरुङ ज्यूको चौथो स्मृती सभा सम्पन्न

काठमाण्डु/ मंगाेल नेशनल अर्गनाइजेशनकाे फाउण्डर प्रेसिडेन्ट युग पुरुष डा. गाेपाल गुरुङ ज्यूकाे चाैथाे स्मृति दिवस मंगाेल नेशनल अर्गनाइजेशनकाे केन्द्रीय कार्यलय काठमाडौंमा सम्पन्न भएको छ। विश्व नै काेराेना भाइरस सँग जुधिरहेकाे यस्तो विषम परिस्थितिमा गत बर्षहरुमा झै बृहत स्मृति सभा गर्न नसकेता पनि मंगाेल नेशनल अर्गनाइजेशनकाे नेता तथा कार्यकर्ताहरू Covid 19 (काेराेना भाइरस ) बाट सुरक्षित हुदै डा. गाेपाल गुरुङ ज्यूकाे चाैथाे स्मृति दिवसमा सहभागी भइ उक्त सभा अाैपचारिक रुपमा सम्पन्न भएको छ। मंगाेल नेशनल अर्गनाइजेशन बाग्मती प्रदेश सभाका प्रचारप्रसार सचिव सालिक थापा मगरको सभाध्यक्षतमा सम्पन्न भएको उक्त स्मृति दिवसकाे कार्यक्रममा प्रमुख अतिथिको रुपमा मंगाेल नेशनल अर्गनाइजेशनकाे केन्द्रीय सर्वोच्च सभा सदस्य तथा केन्द्रीय कार्यलय सचिव रिन्चेन दाेर्जे तामाङ रहनु भएको थियाे, उहाँले स्मृति सभालाई सम्बाेधन गर्दै अहिले घटिरहेको परिस्थितिलाई उजागर गर्नु भएको थियो । यसैगरी उक्त स्मृति सभाकाे बिशिस्ट अतिथि तथा मंगाेल नेशनल अर्गनाइजेशनका केन्द्रीय सदस्य साेम बा. गुरुङ ज्यूले पनि सम्बाेधन गर्नु भएको थियाे। केन्द्रीय कार्यलय काठमाडौंमा भएको कार्यक्रममा मंगाेल नेशनल अर्गनाइजेशनका केन्द्रीय सदस्यहरु शोभा राना मगर, माेहन मगर, रुवेन श्रेष्ठ ,१ नं. प्रदेश सभाका प्रचारप्रसार सचिव उत्तम पुलामी मगर , लमजुङ जिल्ला अध्यक्ष विकास गुरुङ ,उदयपुर जिल्ला अध्यक्ष जंग ब. मगर , गोरखा जिल्ला पुर्व सदस्री तेम्बा घ्याल्जेन, धादिङ जिल्ला सदस्य सुनिल तामाङ ,काभ्रे जिल्ला प्रतिनिधि कमल तामाङ अतिथिमा रहनु भएको थियो । युगले जन्माएको युगान्तकारी युग पुरुष अमर डा. गाेपाल गुरुङ ज्यूकाे चाैथाे स्मृति सभाकाे अवसारमा डा. गाेपाल गुरुङ ज्यूकाे सपना पूरा गर्नलाई बहुप्रतिष्ठत मंगाेल रिसर्च सेन्टर निर्माणकाे निम्ति काेराेना भाइरसकाे यस्तो विषम परिस्थितिमा पनि उदरणीय बन्नु भएका बारा जिल्ला काेल्वि नगरपालिका ८ ( हाल मंगाेल नेशनल अर्गनाइजेसनकाे प्रभास सभा कतारकाे सचिव ) का राजा तामाङ ज्यूले अक्षेरुपी पच्चीस हजर पाँच सय (25,500/-) नगद हस्तान्तरण गर्नु भएको थियाे। उक्त कार्यक्रम covid 19 काेराेना भाइरसकाे कारण छाेटाे समयमा नै सक्ने गरि संचालन भएको कार्यक्रममा १ नं. प्रदेश सभाका प्रचारप्रसार सचिव उत्तम पुलामी ज्यूले स्वागत मन्तव्य राख्नु भएको थियाे भने माेरङ जिल्ला सह-सचिव सिर्जना मंगाेलले कार्यक्रम संचालन गरेकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्