सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ.काे प्रेसिडेण्ट द्वारा नव वर्ष 2019 तथा संगठनको ३० औं स्थापना दिवसको शुभकामना व्यक्त

Lassim Hang Mongol | 4 जनवरी 2019

एम.एन.ओ.काे प्रेसिडेण्ट द्वारा नव वर्ष 2019  तथा संगठनको ३० औं स्थापना दिवसको शुभकामना व्यक्त

काठमाडौं/ मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय प्रेसिडेण्ट बुद्धलाल मेचेले नव बर्ष २०१९ को पावन अवसरमा सम्पूर्ण ८०% अहिन्दु मूलवासी मंगोल जन समुदायहरूमा एवम् नेपाल दाजुभाइ ,दिदीबहिनीहरूमा नवबर्षको हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ। एक विग्यप्ती मार्फत सुख शान्ति संगै समृद्धिको कामना गर्दै नयाँ बर्षको शभकामना व्यक्त गर्नु भएको छ । त्यस्तै वहाँले मंगोल नेशनल अर्गनाइजेशनको ३०औं स्थपना दिवस कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गरेकोमा सबै नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ । एम.एन.ओ.को फाउण्डर प्रेसिडेण्ट अमर युग पुरुष डा.गोपाल गुरुङ ज्युले लड्नु भएको मंगोल मुक्तिको लडाईलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णलाई समेत धन्यवाद व्यक्त गर्नुभएको छ।

एम.एन.ओ.काे प्रेसिडेण्ट द्वारा नव वर्ष 2019  तथा संगठनको ३० औं स्थापना दिवसको शुभकामना व्यक्त

बुद्धलाल मेचे, केन्द्रीय प्रेसिडेण्ट एम.एन.ओ
         देश देशभित्र र प्रवासमा बस्नु हुने सम्पुर्ण मेरा प्रिय मंगोल प्रेमी दाजुभाइ दिदि-बहिनी एवम् सहकर्मी साथीहरु, सर्बप्रथम म नयाँ बर्ष 2019 तथा एम.एन.ओ.को ३०औं स्थापना दिवसको उपलक्ष्यमा बिगतको बर्षहरुमा जस्तै तपाईहरुको हरेक क्षेत्रमा उन्नति, प्रगति होस भनी उत्तरोत्तर प्रगतीको कामना गर्दछु । र आज तपाईहरुको चेहरामा उज्यालो चमक र खुसीको मुस्कुराहट देखिएको छ । यसमा अझ खुलेर खुशी हुनुहोस, रम्नुहोस, झुम्नुहोस, नाच्नुहोस, गाउनुहोस । आफु बन्नका लागि नभएर युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युले यहाँका अहिन्दु मुलवासी मंगोलहरुको अब आउने भावी छोरा, नाति-पनातिहरुलाई आफनो मुलुकमा आफै मालिक बनोस, मान्छे जस्तो भएर बाचोस, हराभरा भएर फलोस-फुलोस भनेर नै ज्यानको बाजी लगाएर दुरदर्शी लडाई लडी दिनु भएको हो । यो लडाई लड्दा ३ बर्ष जेल जानु पर्यो । ५ बर्ष भुमिगत जीवन बिताउनु पर्यो । सर्वस्वहरण हुनेगरी लुटिनु पर्यो । तब मात्र यो उत्साह, उमंग र खुसीको क्षणहरु आउन थालेको हो । आज तपाईहरुको रचनात्मक सहयोग र संगठनको निम्ति दिनु भएको त्याग, तपस्या र योगदानको कारण संगठनले चाँडै नै निर्णायक युद्ध जित्ने निश्चित भइसकेको छ। सित्तैमा यो संसारमा पाइने कुरा केही छैन । हरेक कुरामा, हरेक क्षेत्रमा लगानी, श्रम-पसिना, त्याग, तपस्या र योगदान चाहिन्छ नै । बिना लगानी केही पनि पाउने वाला छैन यो धर्तीमा । तसर्थ मेरो अनुरोध छ यहाँहरुलाई , तपाई संग जे छ तेही दिनुहोस संगठनलाई । तपाईसंग भाषण गर्ने कला छ भने तेही दिनुहोस । तर्क गर्ने क्षमता छ भने तेही दिनुहोस । लेख्ने कला र क्षमता छ भने दिनुहोस । गाउने र बजाउने कला छ भने तेही दिनुहोस । पैसा छ भने दिएर सहयोग गर्नु होस । पसिना मात्रै छ भने पसिना दिनुहोस् । जति दिनु हुन्छ तेती पाउनु हुन्छ । ३०औं स्थापना दिवस तथा नयाँ वर्ष 2019 को अवसरमा यही शुभकामना सन्देश व्यक्त गर्न चाहन्छु ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्