बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ ककनी गाउपालिका गठन

प्रदिक्षा तामाङ | 6 नोभेम्बर 2020

एम.एन.ओ ककनी गाउपालिका गठन

नुवाकोट/मंगोल नेशनल अर्गनाइजेसन नुवाकोट जिल्ला सभाको आयोजनामा मिति 2020 नोभेम्बर 06 (2077/07/21)तारीखमा अ मु मं सुमन तामाङको सभाध्यक्ष र संगठनको केन्द्रिय सदस्य कासिमा तामाङको प्रमुख आतिथ्यतामा परिचयात्मक प्रशिक्षण पश्चात बिनय लामाको अध्यक्षतामा सत्र सदस्यीय ककनी गाउँपालिका सभा गठन कार्यक्रम ककनी गाउँपालिका वडा नं ४,स्थित लस्सो फ्यफुल्ला सहकारीको प्राङ्गणमा सम्पन्न भएको छ।उक्त सभालाइ सम्बोधन गर्दै प्रमुख अतिथी तामाङले मुलबासी मंगोलहरुलाइ एकजुट हुँदै अगाडि बढ्न र मंगोल दर्शन गाउँबस्तीसम्म पुर्याउन आह्वान गर्दै गठित सभालाइ संगठनको प्रतिज्ञा ग्रहण गराएको थियो भने सभाको अतिथि जिल्ला सभाको सचीव प्रदीक्षा तामाङले संगठनको बारेमा परिचयात्मक प्रशिक्षण दिदै मंगोलहरुको ज्ञान लिने र दिने समय,आउँदै गरेको बलिहाङ पर्वको रहस्य बारे बुझाउदै गाउँबस्तीमा संयमित र अनुशासित भै जै मंगोल अभियान लिएर जान आग्रह गरेको थियो त्यसै गरि अर्को अतिथि जिल्लासभा सदस्य दिपेश राइले मानव उत्पत्ति बारे प्रष्ट पार्दै आफ्नो मन्तव्य राखेको थियो भने जिल्लासभा सदस्य प्रदीप तामाङ र म्यागङ पालिका अध्यक्ष सन्त तामाङले पनि आफ्नो वक्तव्य राख्दै मुलबासी मंगोलहरु जागरुक हुँदै अग्रसर हुन आह्वान गरेको थियो भने बिनय लामाले स्वागत मन्तव्य राख्दै जिल्ला सदस्य उमा तामाङले कार्यक्रम संचालन गरेको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्