बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ मिक्लाजुङ गाउँपालिका कार्यालय उद्घाटन तथा प्रथम अधिवेशनको मिति तय

Mongol Vision | 19 डिसेम्बर 2020

एम.एन.ओ मिक्लाजुङ गाउँपालिका कार्यालय उद्घाटन तथा प्रथम अधिवेशनको मिति तय

 मोरङ/ मङ्गोल नेसनल अर्गनाइजेसन मिक्लाजुङ गाउँ सभा कार्यालयको एक कार्यक्रमका बीच उद्घाटन भएको छ।
     मिक्लाजङ गाउँ सभाका  अध्यक्ष अबिनास राई को सभाध्यक्षता तथा जिल्ला सभा मोरङका अध्यक्ष बिकेन बान्तावाको  प्रमुख आतिथ्यतामा सनिवार  सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बन्तवाले रिबन काटेर गाउँ सभा कार्यलय उद्घाटन गर्नु  भएको हो। उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै बन्तवाले मिक्लाजुङ गाउँ सभा ले कठिन संघर्ष पश्चात् आफ्नो कार्यालय स्थापना गर्न सफल भएकोमा सो सभालाई धन्यवाद व्यक्त गर्दै मिक्लाजुङ गाउँ पालिकाका लागि ७५% लडाइँ जितिसकेको कुरा जिकिर गर्नु भएको थियो। यसैगरी युग पुरुष डा. गोपाल गुरुङ ले प्रतिपादन गर्नु भएको मङ्गोल दर्शन धेरै वजन हुने भएकोले जो सुकैले बोक्न नसक्ने, यो दर्शन अत्यन्तै गहिरो भएको ले सामान्य मान्छेले बुझ्न नसक्ने र यसलाई धेरथोर बुझ्न पनि कम्तीमा १० बर्ष लाग्ने र डा. गोपाल गुरुङ को जीवनी भित्री तह सम्म गहिरो अध्ययन गर्नु पर्ने कुरा उल्लेख गर्नु भयो। त्यस्तै उहाले अबको आउदो दिनमा हुने  चुनाव मा आफ्नो ध्यान केन्द्रित गर्न र इमानदार उम्मेदवार तयार गर्न समेत निर्देशन दिनु भएको थियो।
उक्त कार्यक्रम मा अतिथि रहनु भएका पथरी नगर सभा सचिब बिक्रम फेम्बु, मिक्लाजुङ २ को अध्यक्ष सर्न राई, वाड न ६ का  अध्यक्ष   मिलन तामाङ,  वाड न ४  का अध्यक्ष बबि बान्तावा ले पनि मन्तव्य राखेका थिए। मिक्लाजुङ गाउँ सभा सदस्य सुमन लिङ्देन ले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम मि. गाउँ सभा सचिव लाल ब मगर संचालन गर्नु भएको थियो।
     यसै बीच मिक्लाजुङ  गाउँ सभा अध्यक्ष अबिनास राई को अध्यक्षतामा बसेको बैठक ले पहिलो मिक्लाजुङ गाउँ सभा अधिवेशन तथा ३२ औं स्थापना दिवस कार्यक्रम 2021 को जनवरी 1 मा मिक्लाजुङ - २ साखारे स्थित सामुदायिक बन को भवनमा सप्पन्न गर्ने कुरा सर्वसम्मत निर्णय पारित गरेको छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्