शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ मिक्लाजुङ गाउँपालिकाको समीक्षा बैठक सम्पन्न

Mongol Vision | 7 जनवरी 2021

एम.एन.ओ मिक्लाजुङ गाउँपालिकाको समीक्षा बैठक सम्पन्न

मोरङ/ मंगोल नेशनल अर्गनाइजेसन मिक्लाजुङ गाउँ सभाको अध्यक्ष मिलन मोक्तान को सभाध्यक्षता तथा जिल्ला अध्यक्ष बिकेन बान्तावा ज्युको प्रमुख आतिथ्यतामा गत जनवरी १ मा सम्पन्न प्रथम मिक्लाजुङ गाउँ सभा अधिबेशन कार्यक्रम को समिक्षात्मक बैठक तथा गाउँ सभा को पहिलो बैठक सु सम्पन्न भएको छ।
     प्रथम मिक्लाजुङ गाउँ सभा अधिबेशन कार्यक्रम सभ्य, भब्य र सान मानका साथ सम्पन्न भएको बैठकको निष्कर्ष थियो। उक्त बैठकमा अतिथि बान्तावाले मिक्लाजुङ गाउ सभा पदाधिकारी र सक्रिय साथीहरू आफ्नो दायित्व र कर्तव्य बाट बिमुख नहुन, इमानदार र अनुशाशीत हुन, आपसमा मतभेद नराख्न र कोही कसैको भावना माथि चोट नपुर्‍याइ भातृतब कायम राख्न सुझाव दिनु भयो। यसैगरी मङ्गोल नेसनल अर्गनाइजेसन शासकका लागि  अत्यन्तै घातक भएकोले यश संगठनका नेता कार्यकर्ता संयमता र सुरक्षित भएर अघि बढनु पर्नेमा जोड दिनु भयो। साथै मिक्लाजुङ गाउँ सभाको पूरा शक्ति अब चुनावमा फोकस गर्न र इमानदार उम्मेदवार  छनौट को लागि गृहकार्य अघि बढाउन समेत निर्देशन दिनु भयो।
      बैठकमा एम एन ओ जिल्ला सचिव धनराज लिम्बु, मिक्लाजुङ गाउँ सभा पुर्व अध्यक्ष अबिनास राई, स सचिब शुक्र मादेन, सदस्य सुमन लिङ्देन अतिथिको रूपमा पाल्नु भएको थियो। बैठकमा एम एन ओ जिल्ला सचिब धनराज लिम्बुले मन्तव्य राख्नु भएको थियो भने मिक्लाजुङ गाउँ सभा सचिव लाल ब. मगरले संचालन गर्नु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्