मङ्गलबार 7 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ. मालिका गाउँपालिका २ र ३ नं. वडा सभा गठन– म्याग्दी

दिपक मंगाेल | 31 डिसेम्बर 2019

एम.एन.ओ. मालिका गाउँपालिका २ र ३ नं. वडा सभा गठन– म्याग्दी

२०७६ पुष १४ गते तदनुसार ३० दिसेम्वर २०१९, मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीको आयोजनामा म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुम र वडा नं ३ डाडाँगाउँ वडा सभा गठन भएको हो।
आईतबार डाडाँगाउँ र रुममा भएको अलगअलग एकदिने परिचयात्मक प्रशिक्षण कार्यक्रमको अवसरमा उक्त वडा सभाहरु गठन भएको हो, कार्यक्रममा प्रमुख अतिथी एम.एन.ओ. केन्द्रिय सभा सदस्य प्रेम छिरि सेर्पा (दिक्पाल) ले मंगोल अस्तित्व, एम.एन.ओ. र मंगोलबाद दर्शनको बारेमा सहभागीहरुलाई प्रशिक्षण दिनु भएको थियो, प्रशिक्षण दिदैँ उहाँले नेपालमा रहेका ८० प्रतिशत मुलवासी मंगोल समुदायहरु रंगभेदको उत्पिदनमा परेको समुदायहरु भएकोले एकजुत भएर एकल नश्लबादी आर्य शासकहरुको वर्णभेदी शोषणको अन्त गर्दै आर्थिक क्रान्ती, शैक्षिक क्रान्ती, धार्मिक क्रान्ती, सामाजिक सांस्कृतिक क्रान्ती र राजनितिक क्रान्ती गर्न एम.एन.ओ.को वैचारीक क्रान्तीमा सहभागी हुन समेत आम मुलवासी मंगोल लोक समुदाय विच आव्ह्वान गर्नु भएको थियो।
कार्यक्रमको संचालन म्याग्दी जिल्ला सभा सदस्य तथा जिल्ला अधिवेशन आयोजक सभा संयोजक डि.के. पुनमगरले गर्नु भएको थियो भने कार्यक्रमका अध्यक्ष पुर्व प्रतिनिधी सभा निर्वाचन उमेद्वार रणबहादुर फगामी मगरले गर्नु भएको थियो भने स्वागत मन्तव्य मंगला गाउँपालिका सभा अध्यक्ष मनबहादुर मगरले राख्नु भएको थियो, प्रवास सभा भारतका अध्यक्ष देउमान राजकोती मगरले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो।


मालिका गाउँपालिका वडा नं.२ रुममा भएको कार्यक्रममा बिरबहादुर पुनमगरको अध्यक्षतामा १३ सदस्यीय वडा सभा गठन समेत भएको छ, सचिव समबहादुर विक, सहसचिव दिपा रोका मगर, कोषाध्यक्ष विमला रोका मगर रहनु भएको छ भने सदस्यहरुमा नरबहादुर पुनमगर, दुर्गलाल विक, धनमाया पुनमगर, तुलसी दर्जी, झगमाया रोकामगर, नरदेवी पुनमगर, नविन रोकामगर, नविन पुनमगर, चगु पुनमगर रहनु भएको छ।


त्यसैगरी मालिका गाउँपालिका वडा नं.३ डाडाँगाउँमा भएको कार्यक्रममा ज्ञानबहादुर पुनमगरको अध्यक्षतामा १५ सदस्यीय वडा सभा गठन समेत भएको छ, सचिव सुरेन्द्र पुनमगर, सहसचिव विरबहादुर पुनमगर, कोषाध्यक्ष दिपक बुढामगर रहनुभएको छ भने सदस्यहरुमा नरबहादुर पुनमगर, टेकबहादुर पुनमगर, प्रेमबुढा मगर, केगेन बुढामगर, चित्र घर्तीमगर, मनप्रसाद बुढाथोकीमगर, नन्दराज घर्तीमगर, होमबहादुर पुनमगर, गम रोकामगर, विनोद पुनमगर र विनोद बुढाथोकी मगर रहनु भएको छ।
जिल्ला सभा म्याग्दीले आगामी बैशाखमा हुन गैरहेको म्याग्दी जिल्ला दोस्रो अधिवेशनलाई मध्यनजर गर्दै प्रचारप्रसार लगाएत टोल सभा, वडा सभा, पालिका सभा गठनमा तिव्रता दिएको छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्