बिहिबार 9 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ. मुलसचिव मगर मंगोल अस्तित्वको लागि बेनीमा आउने।

दिपक मंगाेल | 28 जनवरी 2020

एम.एन.ओ. मुलसचिव मगर मंगोल अस्तित्वको लागि बेनीमा आउने।

मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय मुलसचिव थमन बुढामगर म्याग्दीमा आउने तैयारी भईरहेको छ। एम.एन.ओ. जिल्ला सभा म्याग्दीको दोस्रो अधिवेशन आयोजक सभाले आयोजना गर्न लागेको मंगोल अस्तित्व र मंगोल राष्ट्रबाद सम्वन्धी एकदिने प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी तथा प्रशिक्षकको रुपमा बुढामगर म्याग्दीको बेनीबजार आउने तैयारी भईरहेको छ। 
म्याग्दी जिल्ला सभा अधिवेशन तैयारीको लागि म्याग्दी जिल्ला सभा अधिवेशन आयोजक सभाले जिल्लाका विभिन्न स्थानहरुमा कार्यक्रम गर्ने पुर्व योजना अनुसार  यहि १ फेवु्रअरी २०२० (माघ १८, २०७६) का दिन एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको हो।
कार्यक्रममा केन्द्रिय सदस्य तथा मंगोल भिजन साप्ताहिक पत्रिकाका निर्देशक प्रेम छिरिसेर्पा (दिक्पाल मंगोल), गण्डकी प्रदेश सभा अध्यक्ष नविन गुरुङ लगाएतका नेताहरु समेत सहभागी हुने आयोजकले जनाएको छ।
 मंगोल भिजन साप्ताहिक संग कुरा गर्दै म्याग्दी जिल्लामा सुसुप्त अवस्थामा चिरनिन्द्रामा सुतिरहेका मुलवासी मंगोलहरुलाई जगाउनको लागि यस्ता प्रशिक्षण तथा अन्र्तकृया कार्यक्रमहरु जिल्लाको हरेक वडाहरुमा लिएर जाने जिल्ला सभा अधिवेशन आयोजक सभाका संयोजक तथा अध्यक्ष डिके पुनमगरले बताउनु भयो, भने निवर्तमान अध्यक्ष चित्र जुग्जालीले म्याग्दी जिल्लाका मुलवासी मंगोलहरुलाई उनीहरुको अस्तित्व के हो भनेर चिनाउन र वास्तविक मान्छे जस्तो भएर बाच्न सिकाउन मंगोल नेशनल अर्गनाईजेशन र मंगोल राष्ट्रबादको दर्शन अपरिहार्य रहेको बताउदैँ म्याग्दीवासी लोक समुदायहरुलाई संगठनमा सहभागीताको लागि अपिल गर्नु भयो।

 

एम.एन.ओ. मुलसचिव मगर मंगोल अस्तित्वको लागि बेनीमा आउने।

कार्यक्रम बेनीबजार स्थित गोर्खाहोटेलको सभाहलमा सम्पन्न हुने छ भने कार्यक्रमको संचालन विहान ठिक १० बजेबाट हुने आयोजकले जानकारी दिएको छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्