सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ. म्याग्दीको चुनावी तैयारी

Mongol-vision | 1 मार्च 2022

एम.एन.ओ. म्याग्दीको चुनावी तैयारी

म्याग्दी बेनी, २६ फेव्रुअरी २०२२ का दिन मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीको आसन्न स्थानिय निकायको चुनावी तैयारीको लागि बैठक सम्पन्न भएको छ, 

अध्यक्ष डेक बहादुर पुन डि.के. को अध्यक्षतामा र सचिव खमबहदुर रोका एलिसको संचालनमा संगठनको कार्यलय शहिदचोकमा बैठक सम्पन्न भएको थियो।

बैठकमा  जिल्ला सभा म्याग्दीका पदाधिकारीहरूलाई कार्यविभाजन गरिएको छ,

प्रदेश क्षेत्र नं. क दिपक पुनको संयोजकत्वमा नगरपालिका संयोजक दिपक पुन नै रहनु भएको छ, अन्नपुर्ण गाउँपालिका संयोजक सिदाहा गर्बुजा, रघुगंगा गाउँपालिका संयोजक तुलप्रसाद गर्बुजा रहनु भएको छ भने प्रदेश क्षेत्र नं. ख मा अध्यक्ष डेगबहादुर पुन डिके को संयोजकत्वमा मंगला गाउँपालिका डिके पुन नै संयोजक रहि, मालिका गाउँपालिका सचिव एलिस रोका संयोजक रहनु भएको छ, त्यसैगरी धवलागिरी गाउँपालिकामा ओमराज मगर संयोजक चयन हुनु भएको छ, 

 

एम.एन.ओ. म्याग्दीको चुनावी तैयारी

चयन भएका पालिका तथा क्षेत्र प्रमुखहरूले उक्त पालिका तथा क्षेत्रहरूमा चुनावी प्रचारप्रसार तथा संगठन विस्तार गर्ने गराउने जिम्मेवारी बहन गर्नेछन्।

साथै कोषाध्यक्ष दिपक पुनको संयोजकत्वमा पालिका संयोजक तथा पालिका अध्यक्षहरूको सदस्यतामा आर्थिक समिति समेत गथन भएको छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्