सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ.ले म्याग्दीको सवै स्थानिय तहमा उमेद्वारी दिने

Mongol Vision | 27 मार्च 2022

एम.एन.ओ.ले म्याग्दीको सवै स्थानिय तहमा उमेद्वारी दिने

म्याग्दी, २७ मार्च २०२२ का दिन मंगोलनेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीको बैठक सम्पन्न भएको छ।

जिल्ला सभा म्याग्दीका अध्यक्ष डेकबहादुर पुनको अध्यक्षतामा बैठक एम.एन.ओ. म्याग्दीको कार्यालय शहिदचोकमा सम्पन्न भएको थियो।

बैठकमा आसन्न स्थानिय तह निर्वाचन तैयारीको लागि निर्णयहरू भएका छन्। जसमा म्याग्दी जिल्लाका सवै स्थानिय तहहरूमा उमेद्वारी दिने मुख्य निर्णय गरेकाे छ ।

जिल्ला सभा म्याग्दीका मातहतमा रहेका तल्लो सभाहरूलाई वडा र पालिकाहरूमा उमेद्वार चयनको लागि जिल्ला सभालाई सिफारिस गर्न निर्देशन गरिएको छ।

त्यसैगरी तत्काल कार्यकर्ता भेटघाट तथा अन्तरकृया कार्यक्रमको आयोजना गर्ने बैठकले निर्णय गरेको छ।

चुनावी आम सभा दरबाङ ,बेनी र अन्य ठाउहरूमा पनि गर्ने निर्णय गरेको छ।

 

एम.एन.ओ.ले म्याग्दीको सवै स्थानिय तहमा उमेद्वारी दिने

चुनावी तालमेल कसैसंग पनि नगर्ने घोषणा गर्दै प्रत्यक पालिका र वडाहरूमा उमेद्वारी दिने निर्णय गरेको छ।

चुनावी तैयारीको लागि यस अघिनै जिल्ला सभाले पदाधिकारीहरूलाई बिभिन्न पालिका तथा क्षेत्रहरूमा कार्यविभाजन गरी जिम्मेवारी दिएको छ।

साथै कार्यक्रममा संगठनलाई आर्थिक सहयो गर्ने महानुभावहरूलाई जिल्ला सभाको तर्फ देखि कोषाध्यक्ष दिपक मंगोलले धन्यबाद ज्ञापन समेत गर्नु भएको थियो।

बैठकको संचाल सचिव एलिस रोका मगरले गर्नु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्