बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम. एन. ओ. १ नं. प्रान्तीय सभाको मिटिङ सम्पन्न

mongolvision | 21 जनवरी 2022

एम. एन. ओ. १ नं. प्रान्तीय सभाको मिटिङ सम्पन्न


          मोरङ / मंगोल नेशनल अर्गनाइजेशन १ नम्बर प्रान्तीय सभाको मिटिङ मोरङको पथरी स्थित प्रान्तीय सभाको कार्यालयमा सम्पन्न भएको छ । उक्त मिटिङ एम. एन. ओ. १ नं. प्रान्तीय सभाका अध्यक्ष भाष्कर चाम्लिङको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सर्वोच्च सभाका सदस्य सान मेचे ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सभाले आजकै मिटिङबाट दुई महिना सम्मका लागि निलम्बनमा परेका डालेश्वर लिम्बू, धिरज राई, मिना कुमारी गुरुङ, लता लिम्बू, किरण थाम्सुहाङ, कविता राणा मगर, युन्छुमा लावती, भिम माया मगर र मिना धिमालको निलम्बन फुकुवा गरेको छ । साथै विभिन्न जिल्लाबाट प्रदेश सदस्यको निमित्त सिफारिस भएर आएका व्यक्तिहरुलाई प्रदेश सभामा नियुक्त गरेसंगै कार्यक्रममा प्रमुख अतिथि सान मेचेले नवनियुक्त प्रदेश सदस्यहरुलाई खदा लगाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । मिटिङलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेचेले अबको समय गणीतीय नतिजा हात पार्नको निमित्त आफ्नो व्यक्तित्व विकास गर्दै चुनावलाई लक्षित गरेर सक्रियताका साथ अगाडि बढ्न निर्देशित गर्नुभएको छ । एम. एन. ओ. १ नं. प्रान्तीय सभा अन्तर्गत पर्ने सम्पूर्ण जिल्लाका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरु लगायत  प्रान्तीय सभाका सदस्यहरुको उपस्थितिमा सम्पन्न उक्त मिटिङमा प्रान्तीय सभाका प्रचारप्रसार सचिव उत्तम पुलामी मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने  सचिव सागर राईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्