बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ प्रबास सभा युएईको दोस्रो अधिबेशन संगै संगठनको ३०औं स्थापना दिवस भब्य रूपमा सम्पन्न

Lassim Hang Mongol | 12 जनवरी 2019

एम.एन.ओ प्रबास सभा युएईको दोस्रो अधिबेशन संगै संगठनको ३०औं स्थापना दिवस भब्य रूपमा सम्पन्न

काठमाडौ/ मंगोल नेशनल अर्गनाइजेशन प्रबास सभा युएईले आफ्नो दोस्रो अधिबेशन संगै संगठनको ३०औं स्थापना दिवस कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ। शुक्रबार ११ जनवरीमा दुबईको बरदुबईमा संगठनका केन्द्रीय प्रवक्ता एवम् मंगोल भिजन राष्ट्रिय साप्ताहिकका सम्पादक दिलिप धिमालको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य, केन्द्रीय सचिवलय सचिव रिन्छेन दोर्जे तामाङको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यहाँ स्थित पानी जहाजको हलमा सम्पन्न भएको कार्यक्रम एमएमओको पाँचौं क्रान्ति झल्कने पाँच वटा मैन बत्ती कार्यक्रमका प्रमुख अतिथिले बालि दोस्रो अधिबेशन कार्यक्रमको बिधिवत रुपमा उदघाटन गर्नु भएको थियो । त्यस लगतै संगठनका संस्थापक युग पुरुष अमर डा.गोपाल गुरुङको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । इन्द्र पासाङ तामाङले सहभागी सबैलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि दिलिप धिमालले एमएनओका संस्थापक युग पुरुष अमर डा.गोपाल गुरुङको मंगोल राष्ट्रवाद निर्माणको निम्ति प्रबास भुमिमा रहेर पनि हरदम लागीरहेका सबैलाई धन्यवाद प्रदान गर्नु भएको थियो । साथै उहाँले दोस्रो अधिबेशनबाट नवनिर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना दिनु भयो । त्यस्तै कार्यक्रमका बिशेष अतिथि रिन्छेन दोर्जे तामाङले सांगठानिक कुरा गर्दै आफनो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा तेज पाइजा मगर, बिनोद लामा, बिकास लामा, रमेश लामा, प्रेम मिलन, दिपा बुढा मगर, दिलिप खाती, जिल्मा शेर्पा लगायतले पनि आआफनो मन्तब्य राख्नु भएको थियो । युएई प्रबास सभाका सल्लाहकार बिरु घर्ति मगरले प्रबास सभाले गरेको गतिविधि प्रस्तुत गर्नु भयो भने विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुति प्रस्तुत गर्नु हुँदै कार्यक्रमलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो । कलाकारहरु सुरेश लामा, प्रबेश दोङ, प्रख्यात थिङ, संगिता मोक्तान, लक्ष्मण सक्ष्मण, उचित लामाले आ आफनो गित नृत्य प्रस्तुति गर्नु भएको थियो ।

एम.एन.ओ प्रबास सभा युएईको दोस्रो अधिबेशन संगै संगठनको ३०औं स्थापना दिवस भब्य रूपमा सम्पन्न

प्रबास सभा युएइका अध्यक्ष अमर धिमालको अध्यक्षतामा सम्पन्न भएको दोस्रो अधिबेशनले उहाँकै अध्यक्षतामा पैंतिस सदस्यीय नयाँ प्रबास सभा सर्बसहमतिले निर्बाचित गरेको छ । प्रबास सभाको सचिब, कोषाध्यक्ष, सहसचिब, प्रवक्ता र प्रचार प्रसार सचिवमा क्रमश: सोम राना, दिपा बुढा मगर,नवीन लामा, बिकास लामा, ग्याछेन लामा रहनु भएको छ भने सदस्यहरुमा बिकास लामा, राम जि मंगोल,मिलन जिएम, प्रकाश राना, जिमा शेर्पा, बिकास मगर, सर्मिला धिमाल, उचित लामा, लक्षमण सुनुवार, रबिन मगर, बिनोद नेगि, गोबिन्द्र योङ्हाङ, कान्छी शेर्पा, सबिन मगर, सुक मगर, शृजना लामा, देउ मान तामाङ, प्रेम मगर, बिमला गुरुङ, भेस राज मगर, घोज गुरुङ, शृजना लामा, संगिता मोक्तान, भागिराम बुढा, खड्क बहादुर पुन रहेका छन । दोस्रो अधिबेशनले प्रबास सभाको सांस्कृतिक सभाको संयोजकमा प्रवेश दोङ र सुरेश लामालाई चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीलाई कार्यक्रमका प्रमुख अतिथी धिमालले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा युएईको विभिन्न ठाउँहरुमा कार्यरत मंगोलप्रेमी महानुभाबहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । कार्यक्रम सोम राना र ग्याछेन तामाङले संयुक्त रुपमा सचालन गर्नु भएको थियो ।
यसैगरी कार्यक्रमकै अवसर पारेर जुझारु मंगोल योद्धा पुर्ण हाङ लिम्बूले मंगोल भिजन साप्ताहिकलाई एक थान ल्यापटर प्रदान गर्नु भयो । 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्