शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम एन ओ प्रथम दमक नगरसभा अधिवेशन सम्पन्न अध्यक्षमा गजेन्द्र मादेन

mongolvision | 12 मार्च 2023

एम एन ओ प्रथम दमक नगरसभा अधिवेशन सम्पन्न अध्यक्षमा गजेन्द्र मादेन


झापा/ मंगोल नेशनल अर्गनाइजेशन ऐतिहासिक दमक नगरसभा को प्रथम अधिबेसन सम्पन्न भएको छ। मार्च ११ ,२०२३ का दिन दमक बजार पशुहाट स्थित याक्थुङ चुम्लुङको सभा हलमा अधिबेसन मुलआयोजक सभाका संक्योजक दिपेश राई को सभाध्यक्षतामा एवम् संगठनका प्रवक्ता दिलीप धिमालको प्रमुख आथित्यतामा अधिवेशन सम्पन्न भएको हो । उक्त अधिवेशन बाट गजेन्द्र मादेन लिम्बुको अध्यक्षतामा २२ सदस्यीय MNO दमक नगर सभा गठन भएको छ । सचिव , कोषाध्यक्ष , सह - सचिव, प्रचारप्रसार सचिवमा क्रमशः अर्जुन तामाङ ,पुष्पा शेर्पा ,दिलु सुब्बा ,ज्ञानेन्द्र एक्तेन् रहनुभएको छ। सदस्य हरुमा : कल्पना गजमेर, भीम बहादुर भुजेल, मन्त्री धिमाल , धनमाया धिमाल , सम्झना राई, मिना तामाङ, पान कुमार खजुम, समीर लिम्बू, सुस्मिता धिमाल,कृष्ण बहादुर लिम्बु, सौभाग्य लिम्बू, निर्देश राई, दिलमाया तामाङ, लक्ष्मी प्रसाद तामाङ रहनु भएको छ भने सहल्लकार हरु दिपेश राई, तोङमी इग्नाम लिम्बू र जीत बहादुर तामाङ रहनुभएको छ।
नवगठित पदाधिकारीहरुलाई प्रमुख अतिथि धिमालले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । 
कार्यक्रममा अतिथिहरु कमल गाउँसभा अध्यक्ष हिजन राई, कन्काई नगरसभा अध्यक्ष अम्बिका तामाङ, बुद्धशान्ति गाउँसभा अध्यक्ष मोहनसिंह लिम्बु, बिर्तामोड नगर सभा अध्यक्ष याम कुमार श्रेष्ठ ,मेचीनगर सभा अध्यक्ष सिनारा मेचे, उर्लाबारी नगरसभा अध्यक्ष मान बहादुर तामाङ, मिकलाजुङ गाउँ सभा अध्यक्ष शन्त घिसिङ , ईलाम जिल्ला सचिव सुन्दर वोजी लिम्बू , झापा जिल्ला सचिव सागर दर्जी ,झापा जिल्ला अध्यक्ष वानीरा मेचे , कोशी प्रान्तीय सभा अधिवेशन आयोजक सभाका सदस्य राजेन्द्र चेम्जोङ ,सचिव लाशिम हाङ मंगोल , केन्द्रीय सदस्य सुरोज फोम्बो लिम्बू , केन्द्रीय सर्वोच्च सभा सदस्य श्याम लिम्बू ,विशिष्ट अथितिँहरु केन्द्रीय सर्वोच्च सभा सदस्य सान बहादुर मेचे र मणि पापो लिम्बू लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा एम.एन.ओ गौरादह नगर सभा अध्यक्ष नवीन लिम्बू ,झापा गाउँपालिका सचिव चन्द्र तामाङ , झापा जिल्ला सदस्यहरू निलम राइ, डिल्ली योङहाङ , ताप्लेजुङ जिल्ला अध्यक्ष नेत्र ताम्लिङ , कोशी प्रान्तीय अधिवेशन आयोजक सभाका सदस्यहरु प्रकाश हाङ्खिम , खड्ग स्याङबो , केन्द्रीय सल्लाहकार दिल बहादुर लिंखिम लगायतका नेताहरुको कार्यक्रममा अथित्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आथिति दिलीप धिमालले मंगोल नेशनल अर्गनाइजेशनले आफ्नो माग र मुद्धाहरुलाई मुलुक भित्र संवैधानिक रूपमा नै स्थापित गरिसकेको र अबका दिनहरूमा राष्ट्रिय राजनीतिमा स्थापित हुँदै मुलुकको विकास र समृद्धिको निमित्त अगाडि बढ्ने कुरा जगजाहेर गर्नु भयो । मंगोल चेली सरस्वता आङदेम्बेको कविता प्रस्तुति ,मंगेना राई र साथीहरुको बेजोड नृत्य प्रस्तुति साथै झापा र मोरङका विभिन्न क्षेत्रहरुबाट मंगोल समर्थकहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा गजेन्द्र मादेन ले स्वागत मन्तव्य राखेका थिए भने सचिव अर्जुन तामाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

एम एन ओ प्रथम दमक नगरसभा अधिवेशन सम्पन्न अध्यक्षमा गजेन्द्र मादेन

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्