शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ प्रवास सभा कतारको नियमित बैठक सम्पन्न

Binod Pun Magar | 19 सेप्टेम्बर 2020

एम.एन.ओ प्रवास सभा कतारको नियमित बैठक सम्पन्न

कतार/17 सेप्टेम्बर 2020 का दिन मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा कतारको नियमित बैठक अध्यक्ष देबिन्द्र गर्बुजा मगरको सभाध्यक्षता, प्रचार प्रसार सचिव बिनोद शेर्पुजा मगर, सल्लाहकार सदस्यहरु धन बहादुर तामाङ ,कर्म तामाङ , इन्द्र ब. तामाङ ,सदस्यहरु लाल बहादुर तामाङ ,मन बहादुर तामाङ ,आशालाल तामाङको उपस्थिति मा ग्रेण्डमल पछाडि खुल्ला चौरमा विविध विषयमा छलफल गर्दै सम्पन्न गरिएको छ। MNO प्रवास सभा कतारका कोषाध्यक्ष नेत्र राना मगरले लकडाउन देखि सेप्टेम्बर सम्मको मासिक लेबि प्रस्तुत गरेका थिए । मार्च १७ तारीख देखि कोभिड-19 को संक्रमण कारणले कतार सरकारले जारी गरेको लकडाउन कारण नियमित बैठक स्थगित भएको थियो । झन्डै ७ महिना पछिको नियमित बैठक प्रवास सभा कतारका वर्तमान अध्यक्ष देबिन्द्र गर्बुजा मगरको अध्यक्षता सम्पन्न भएको छ। नियमित बैठक सचिब राजा तामाङले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्