शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ. प्रवास सभा कतारको दोस्रो अधिवेशन साथै संगठनको ३०औं स्थापना दिवस सम्पन्न

Baneera Meche Mongol | 14 जनवरी 2019

एम.एन.ओ. प्रवास सभा कतारको दोस्रो अधिवेशन साथै संगठनको ३०औं स्थापना दिवस सम्पन्न

काठमाडौं/ मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा कतारको दोस्रो अधिवेशन साथै संगठनको ३०औं स्थापना दिवस भव्यताको साथ सम्पन्न भएको छ। ११ जनवरी शुक्रवार कतारको दोहा स्थित Dhaka Vip Hotel मा अर्जुन स्याङ्बोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । एमएनओ प्रवास सभा कतारका वरिष्ठ सदस्य देवी लिम्बूको प्रमुख आतिथ्यता साथै सल्लाहकार होम राईको विशिष्ट आतिथ्यतामा रहेको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि देबी लिम्बुले संगठनको पाँच क्रान्ति स्वरुप पाँच वटा दिप प्रज्वलन गरि संस्थापक प्रेसिडेन्ट युग पुरुष अमर डा.गोपाल गुरुङको तस्वीरमा खदा अर्पण गरि कार्यक्रमको समुदघाटन गर्नुभयो । त्यसैगरी युग पुरुष अमर डा.गोपाल गुरुङको सम्झनामा एक मिनेट मौनधारण समेत गरेको थियो । प्रवास सभा कतारको दोस्रो अधिवेशनबाट अर्जुन स्याङ्बोको अध्यक्षतामा अठार सदस्यीय प्रवास सभा कतार सर्वसहमतिले चयन भएको छ । जसको सचिव पासाङ नर्वु लामा, कोषाध्यक्ष नेत्र रानामगर, सहसचिव देवेन्द्र मगर प्रचारप्रसार सचिव विनोद मगर र वरिष्ठ सदस्यमा देवी लिम्बू रहेका छन् । त्यस्तै सदस्यहरुमा छबहादुर गर्बुजा मगर, लाल बहादुर मगर, चन्द्र बहादुर मगर र रविन पुर्जा मगर रहेका छन् । सल्लाहकारहरुमा होम राई, प्रदिप लिम्बू, संचिव तामाङ, प्रकाश चन्द्र लामा, शिव रानामगर, साँगे फुङ्चुक थिङ र दिलमान राई रहेका छन् । उक्त कार्यक्रमका प्रमुख अतिथि देवी लिम्बूले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
कार्यक्रममा संगठनको ३०औं स्थापना दिवसको शुभकामना आदनप्रदान गर्दै विभिन्न मंगोल साँस्कृतिक प्रस्तुतिहरु सहित मनोरञ्जनात्मक रुपले प्रवास सभा कतारको दोस्रो अधिवेशन साथै संगठनको ३०औं स्थापना दिवस सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई प्रवास सभा कतारको सहसचिव देवेन्द्र मगरले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्