शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ पथरी नगर सभाको आकस्मिक बैठक सम्पन्न

Sirjana Mongol | 18 नोभेम्बर 2020

एम.एन.ओ पथरी नगर सभाको आकस्मिक बैठक सम्पन्न

मोरङ/ दिनांक 17 तारिख मंगलबारका दिन एमएनओ पथरीशनिश्चरे नगर सभाले आकस्मिक बैठक सम्पन्न गरेको थियो । एक नम्बर प्रदेश सभा सदस्य सोम तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकले पथरी शनिश्चरे वडा नम्बर -९ निवासी नरबहादुर विश्वकर्मालाई नगर सदस्यमा नियुक्ति गरेको थियो । बैठकमा एमएनओ मोरङ जिल्ला सभा सदस्य घिम कन्दङ्वाको विशिष्ट आतिथ्यता रहेको थियो । नव नियुक्त नगर सदस्यलाई खदा अर्पण तथा संगठनको प्रतिज्ञा, सपथ ग्रहण प्रमुख अतिथि सोम तामाङले गराउनु भएको थियो । त्यसैगरी विशिष्ट अतिथि घिम कन्दङवा लगायत पथरी-शनिश्चरे नगर सभा सह-सचिव गणेश घले गुरूङले बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गर्नुभएको थियो । संगठनको सदस्यले पालना गर्नुपर्ने आचार संहिता तथा कर्तब्यबारे नगर अध्यक्ष अध्यक्ष टेक बहादुर मगरले बताउनु भएको थियो । बैठकमा आउने दिनहरूमा संगठनलाई कसरी बढाएर लैजाने जस्ता विविध महत्वपुर्ण बिषयवस्तुहरुमा छलफल भएको थियो । उक्त आकस्मिक बैठकमा नगर अध्यक्ष टेकबहादुर मगरको अध्यक्षता रहेको थियो । त्यसैगरी कार्यक्रम सञ्चालन पथरी-शनिश्चरे नगर सचिव बिक्रम फेम्बु लिम्बूले गरेका थिए भने उक्त आकस्मिक बैठकमा पथरी-शनिश्चरे नगर सभा कोषाध्यक्ष अनिता घिसिङ तामाङ लगाएत अन्य नगर सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्