शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ. सन्दकपुर-५ वडा सभा गठन

mongolvision | 18 मार्च 2022

एम.एन.ओ.  सन्दकपुर-५ वडा सभा गठन

 

इलाम / इलाम जिल्लाको सन्दकपुर नगरपालिकामा मंगोल नेशनल अर्गनाइजेशन सन्दकपुर गाउँपालिकाको वडा नं. ५ मा एम. एन. ओ. को वडा सभा गठन भएको छ ।                        
१७ मार्च २०२२ का दिन सम्पन्न उक्त  कार्यक्रम स्थानीय मंगोल समर्थक सन्तोस खाम्दाकको सभाध्यक्षतामा एवं संगठनका केन्द्रिय सदस्य लक्ष्मण माक्रेहाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि १ नं. प्रान्तीय सभा सदस्य लासीम हाङ मंगोल रहनुभएको थियो । त्यसैगरी विशेष अतिथिमा इलाम जिल्ला अध्यक्ष गंगराज योन्जन रहनुभएको थियो थियो भने देउमाई नगरसभा अध्यक्ष कर्ण गोले रहनुभएको थियो । 


कार्यक्रममा अतिथि, विशेष अतिथि, विशिष्ट अतिथिले शुभकामना मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि माक्रेहाङले कार्यक्रमलाई सम्बोधन गर्दै अबको समय मूलबासी मंगोलहरु एम. एन. ओ. मा आवद्ध हुनुपर्ने र भाले चिन्हमा मतदान गर्नुपर्ने कुरा जगजाहेर गर्नुभयो ।  कार्यक्रमकै बिच  रबिन खाम्दाकको अध्यक्षतामा सन्दकपुर -५ वडा सभा गठन भएको हो । सचिव, कोषाध्यक्ष,सहसचिवमा क्रमशः  रोमा खाम्दाक, पुष्पा खाम्दाक, निर्मल खाम्दाक रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा याम्सेहाङ थेबे,दिनेश खाम्दक, होमबहादुर खाम्दाक, बिन्दु खाम्दाक, अमित खाम्दाक, तेजबहादुर थेबे रहनुभएको छ त्यसैगरी सल्लाहकारहरुमा तेजबहादुर खाम्दाक, श्रीमान खाम्दाक, टेकबहादुर खाम्दाक, फूलकुमार खाम्दाक र हर्क थेबे रहनुभएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्