बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम. एन. ओ. शुक्लागण्डकी नगरसभा पुनर्गठन

mongolvision | 27 जनवरी 2022

एम. एन. ओ. शुक्लागण्डकी नगरसभा पुनर्गठन


तनहुँ/ मंगोल नेशनल अर्गनाइजेशन तनहुँ जिल्ला सभाको आयोजनामा शुक्लागण्डकी वडा नं. ६ स्थित खैरेनीटारमा सम्पन्न एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम बिच शुक्लागण्डकी नगरसभा पुनर्गठन भएको छ । उक्त कार्यक्रम एम. एन. ओ. जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा मगरको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सदस्य प्रविना थापा मगरको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्टमा गण्डकी प्रान्तीय सभाका सदस्य भक्त गुरुङ रहनुभएको थियो । कार्यक्रममा उपस्थित लोक समुदायहरुलाई प्रमुख अतिथि मगरले मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहाँले अबको समय आफ्नो हक , अधिकार र अस्तित्व प्राप्तिको निमित्त अन्तिम विकल्प नै मंगोल नेशनल अर्गनाइजेशन रहेको र आउँदो चुनावमा कुखुराको भालेमा मतदान गर्न आव्हान गर्नुभयो । 
           प्रशिक्षण पश्चात प्रताप रानाको अध्यक्षतामा १३ सदस्यीय शुक्लागण्डकी नगरसभा गठन भएको छ । सदस्यहरुमा क्रमशः सरस्वती गुरुङ, माधुकर थापा मगर, कमल राना, केशर राना, शक्ति राना, राजु राना मगर, मंगल बहादुर आले, वसन्ती राना, दिप बहादुर थापा, मिलन राना मगर, देवी सारा मगर र प्रविण थापा मगर रहनुभएको छ । स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला सभा तनहुँका कोषाध्यक्ष ज्ञानी माया थापा मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने जिल्ला सभा सचिव सुस्मा आलेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्