शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ. तेस्रो धादिङ जिल्ला सभा अधिवेशनको तयारी तिब्र

mongol vision news | 19 फेब्रुअरी 2020

एम.एन.ओ. तेस्रो धादिङ जिल्ला सभा अधिवेशनको तयारी तिब्र

17 फेब्रुवरी 2020/ बाग्मती प्रदेश, मंगोल नेशनल अर्गनाइजेशन तेस्रो धादिङ जिल्ला सभा अधिवेशन मुल आयोजक सभाको आयोजनामा उत्तरी धादिङको दार्खा खनियाबास गाउपालिका -4, दार्खामा एकदिने मुलबासी मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको तेस्रो जिल्ला अधिवेशन नजिकिदै गर्दा प्रचार प्रसार तथा संगठन बिस्तार अभियानलाइ तिब्र गतिमा अगाडि बढाउने क्रममा 17 फेब्रुवरि 2020 का दिन संगठनका केन्द्रिय सर्वोच्च सभाका सदस्य रिन्चेन दोर्जे तामाङको प्रमुख आतित्यथामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तामाङले मुलुकमा देखा परेका अदृश्य चलखेल र लोकतन्त्रलाइ असफल तुल्याउन लागिपरेका अल्पसंख्यक 20 % शरणार्थी हिन्दुआर्य बाहुनक्षेत्रीहरुको षडयन्त्रलाई चिरफार गर्दै मुलुकमा समानता, स्वतन्त्रता र भातृत्व सहितको लोकतन्त्र बचाउन मंगोलहरु एक हुनु पर्ने कुरामा जोड दिनु भएको छ । स्थानीय मंगोल शुभचिन्तक मनोज गुरुङको अधक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य धनमाया तामाङ, एम.एन.ओ तेस्रो धादिङ जिल्ला सभा अधिवेशन मुल आयोजक सभाका सम्योजक सन्तोष कुमार तामाङ, प्रचार प्रसार सचिव चोक तामाङ, सदस्य सोम तामाङ , धुनिबेशी नगर सभाका अध्यक्ष सुनिल तामाङ, प्रवास सभा मलेसियाका पुर्व सचिव नरेश तामाङ, मंगोल शुभचिन्तक धर्मराज तामाङ लगायतको उपस्थिति रहेको कार्यक्रम एम.एन.ओ. बाग्मती प्रदेश सभाका प्रचार प्रसार सचिव सालिक थापा मगर ले सन्चालन गरेका थिए ।

एम.एन.ओ. तेस्रो धादिङ जिल्ला सभा अधिवेशनको तयारी तिब्र

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्