mongol vision | 13 मार्च 2021
चितवन / मंगोल नेशनल अर्गनाइजेशन चितवन जिल्ला सभाले आफ्नो ऐतिहासिक दोस्रो जिल्ला अधिबेशनको खुल्ला घोषणा सभा कार्यक्रम भब्य र सभ्य रुपले सम्पन्न गरेको छ ।
चितवनको भरतपुर महानगरपालिका नारायणगढ बजार स्थित नारायणी कला मन्दिरको परिसरमा १२ मार्च २०२१ अर्थात् वि.सं. २०७७ फागुन २८ गते शुक्रबारको दिन संगठनका केन्द्रीय प्रेसिडेन्ट बुद्ध लाल मेचे ज्युको प्रमुख आतिथ्यतामा दोस्रो जिल्ला अधिबेशनको खुल्ला सभा कार्यक्रम सम्पन्न भएको हो । दोस्रो चितवन जिल्ला अधिबेशन मुल आयोजक सभाका संयोजक टेक बहादुर तामाङको अध्यक्षता र केन्द्रीय प्रेसिडेन्ट बुद्ध लाल मेचेको प्रमुख आतिथ्यता एवं केन्द्रीय प्रवक्ता दिलिप धिमाल र केन्द्रिय सदस्य तथा अनुशासन सभा संयोजक गणेश चाम्लिङको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै अतिथिहरुमा केन्द्रीय सदस्यहरु कल्पना थापा मगर , रिन्छेन तामाङ, सोम गुरुङ, जोनि बि.क., धनमाया तामाङ, कासिमा तामाङ, प्रबिना थापा मगर, आयुस मंगोल, करणसिंह नेपाली, शिव बहादुर गुरुङ, सन्त कुमार मगर, विभिन्न प्रदेश सभाका पदाधिकारी, विभिन्न जिल्ला सभाका प्रतिनिधिहरु रहनु भएको थियो । खुल्ला घोषणा सभा कार्यक्रम सुरु हुनु अघि भरतपुरको केन्द्रीय बस पार्कबाट एक विशाल मंगोल र्याली भएको थियो । हजारौंको संख्यामा सहभागी मंगोल जनसमुदायहरुले लोकतन्त्र हाम्रो प्राण हो, धर्मनिरपेक्ष हाम्रो मुटु हो, प्रान्तीयता हाम्रो अंग हो, एम एनओ जिन्दावाद, मानव अधिकार लागू गर, वर्ण भेदी निति अन्तय गर, संबिधानमा मुलबासी मंगोल लेख, मंगोल मंगोल एक हौ, डा.गोपाल गुरुङ अमर रहुन्, चन्द्र सुर्य अन्कित अराष्ट्रिय झन्डा बदली गर, हिन्दी र अंग्रेजीलाई सम्पर्क भाषाको मान्यता दे, दोस्रो ऐतिहासिक चितवन जिल्ला अधिबेशन सफल पारौ जस्ता नाराहरु लगाउँदै नारायणगढ बजार घन्काएका थिए । केन्द्रीय बस पार्क देखि सुरु भएको विशाल र्यालि एयरपोट, पुल्चोक हुँदै नारायणी कला परिसरमा आइ सभामा परिणयत भएको थियोे । संगठनका केन्द्रिय प्रेसिडेन्ट एवं कार्यक्रमका प्रमुख अतिथी बुद्ध लाल मेचे ज्युले संगठनको पाँच क्रान्ति झल्कने पाँच मैन बत्ती बालेर कार्यक्रमको बिधिवत रुपमा उद्घाटन गर्नु भएको थियो । उद्घाटन लगतै अधिबेशनको बन्द सत्रमा सर्ब सहमती द्वारा निर्बाचित जिल्ला पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथिहरुले बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो । शुभकामना प्रदान गर्ने क्रममा केन्द्रीय प्रेसिडेन्ट मेचे ज्युले नव निर्बाचित जिल्ला पदाधिकारीहरु अब जिल्लाको मात्र नेता नभएर देशैको नेता बन्न आह्वान गर्नु भयो । तपाईहरु देशैको नेता बन्नुहोस् । त्यस्तै उहाँले अब हुने जुन सुकै तहको चुनाबमा एम एनओका उमेदवारहरुलाई चुनाब चिन्ह कुखुराको भालेमा मत दिइ अत्याधिक बहुमतले बिजय गराइदिनुहुन सबैलाई अनुरोध गर्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका बिशेष अतिथी केन्द्रीय प्रवक्ता दिलिप धिमालले मंगोल जनसमुदायहरुमा अब दुई वटा मात्र विकल्प रहेको जिकिर गर्दै कि बाहुनवाद लाई सुइकार्दै आफ्नो अवस्तित्व बिर्सने कि मंगोल अवस्तित्व सँगै हक अधिकार प्राप्त गर्ने ।कार्यक्रम संगठन केन्द्रीय सदस्य तथा केन्द्रिय अनुशासन सभा संयोजक गणेश चाम्लिङ, केन्द्रिय सदस्यहरु कल्पना थापा, रिन्चेन तामाङ, सोम गुरुङ, जोनि बि.क., प्रबिना थापा, धनमाया तामाङ, प्रदेश नम्बर १ अध्यक्ष भास्कर चाम्लिङ, बाग्मती प्रदेश सभा सचिब राजेन्द्र तामाङ, गण्डकी प्रदेश सभा सह-सचिब अनिता थापा, रामेछाप जिल्ला अध्यक्ष सिबि घिसिङ, लमजुङ बिकास गुरुङ, नुवाकोट अध्यक्ष प्रदीक्षा तामाङ र धादिङ अध्यक्ष धर्मराज तामाङ लगायतले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा मंगोल गायक सन्तोष कुमार तामाङले मंगोल गित गाउनु भएको थियो भने तामाङ सेलो पनि प्रस्तुत गरिएको थियो । त्यस्तै कार्यक्रममा अधिबेशनलाई आर्थिक सहयोग गर्ने विभिन्न महानुभाबहरुलाई कदर पत्र प्रदान गरिएको थियो । जिल्ला सदस्य सुस्मा तामाङले स्वागत मन्तव्य राख्नु भएको सभालाई सचिब फइन्द्र गुरुङले सञ्चालन गर्नु भएको थियो । मंगोल नेशनल अर्गनाइजेशन चितवन जिल्ला सभा दोस्रो जिल्ला अधिबेशनको बन्द सत्रले टेक बहादुर तामाङको अध्यक्षतामा २४ सदस्य जिल्ला सभा निर्माण गेरेको हो । जसको सचिब, कोषाध्यक्ष, सह-सचिब, प्रचार प्रसार सचिबमा क्रमश: फइन्द्र गुरुङ, युना मगर, सुरेश लामा र भिम बहादुर घले रहनु भएको छ भने सदस्यहरुमा सुपलाल प्राखिम, सुस्मा तामाङ, लिला घले, देब कुमार प्रजा, दिर्घमान लोप्चन, खुसिमाया गुरुङ, सुजा गुरुङ, निश्चल स्याताङ, इन्द्र बहादुर स्याताङ, कृतीमान तामाङ, रुपा गुरुङ, केश बहादुर लामा, बुद्ध लक्ष्मी स्याताङ, भिम बहादुर तामाङ, सोम बहादुर तामाङ, हित काजी गुरुङ र सपिना तामाङ रहनुभएको छ । त्यस्तै पूर्ण बहादुर राई र बिषन मगरलाई जिल्ला सल्लाहकारमा चयन गरिएको छ ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology