बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम. एन. ओ. विर्तामोड नगरसभा गठन

mongolvision | 4 अप्रिल 2022

एम. एन. ओ. विर्तामोड नगरसभा गठन


झापा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको आयोजनामा बिर्तामोड नगरपालिका वडा नं. १० स्थित मैनाचोकमा सम्पन्न एक प्रशिक्षण कार्यक्रम बिच एम. एन. ओ. बिर्तामोड नगरसभा गठन भएको छ । 
४ अप्रिल २०२२ का दिन सम्पन्न उक्त कार्यक्रम झापा जिल्ला अध्यक्ष बानिरा मेचेको सभाध्यक्षतामा एवं संगठनका केन्द्रिय सर्वोच्च सभाका सदस्य श्याम लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको विशिष्ट अतिथिमा १नं. प्रान्तीय सभा सदस्य प्रकाश हाङ्खिम र अतिथिमा १ नं. प्रान्तीय सभा सदस्य राजकुमार लावती रहनुभएको थियो । कार्यक्रममा अमर बहादुर लिम्बू , अर्जुन लोवा,  सुवास लिम्बू,  राजकुमार लावती, प्रकाश हाङखिमले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि श्याम लिम्बूले एम. एन. ओ. को राजनितिक पृष्ठभुमि, आवश्यकता र उद्देश्य, अवधारणाको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहाँले आफ्नो अस्तित्व, अधिकार प्राप्तिसंगै मुलुकको उन्नति र विकासको निम्ति आफ्नो अमुल्य मत भाले चिन्हमा खसाल्नुपर्ने कुरामा जोड दिनुभयो । 
प्रशिक्षण पश्चात तेज बहादुर राईको अध्यक्षतामा १९ सदस्यीय एम. एन. ओ. बिर्तामोड नगरसभा गठन भएको हो । सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमशः  यामकुमार श्रेष्ठ, हरिमाया राई, बालकुमार राई  रहनुभएको छ । सदस्यहरुमा  मेघराज गुरुङ , दिनेश गुरुङ, पेम्बा तामाङ , इन्द्र लिम्बू , दिपेन राई, किरण राई, लाल बहादुर गुरुङ , बसन्ति गुरुङ , दिपमाला राई, रामकुमार राई, कल्पना फागो त्यसैगरी सल्लाहकारमा ओम गुरुङ , टेक बहादुर देवान, ओमप्रकाश राई, हिमादेवी गुरुङ रहनुभएको छ । जिल्ला सभा झापाका कोषाध्यक्ष वीरबल योङहाङ्ले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम जिल्ला सदस्य जयेन मगरले सञ्चालन गरेका थिए ।

एम. एन. ओ. विर्तामोड नगरसभा गठन

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्