शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम एनओ बेलबारी नगर सभाको दोस्रो अधिबेशन सम्पन्न

mongolvision | 20 नोभेम्बर 2021

एम एनओ बेलबारी नगर सभाको दोस्रो  अधिबेशन सम्पन्न


धन राज लिम्बू
मोरङ / मंगोल नेशनल अर्गनाइजेशन बेलबारी  नगर सभाको दोश्रो नगर अधिबेशन भब्य रुपमा सम्पन्न भएको छ ।
मंसिर ४ गते शनिबार मोरङको  बेलबारी नगर पालिका १ स्थित  तमु बुद्धिस्ट  गुम्बा भवनको सभाहलमा दोस्रो नगर अधिबेशन सम्पन्न भएको हो । दोस्रो नगर अधिबेशन मुल आयोजक सभाका  संयोजक कृष्ण  दर्लामी मगर ज्युको सभाध्यक्षयतामा एबम  संगठनका केन्द्रिय सदस्य  सुरज फोम्बो लिम्बूको प्रमुख आतिथ्यतामा घोषणा सभा सम्पन्न भएको थियो ।  कार्यक्रमको अतिथिहरु केन्द्रीय सदस्य  धनमाया राई  ,  १  न प्रान्तीय सभा  सद्स्य शिव कुमार राई ,  मोरङ  जिल्ला अध्यक्ष  बिकेन बान्तवा , सदस्यहरु    बल ब राई , कोशध्यक्ष , लाल कुमरी राई, घिम लिम्बू , अभिनास राई , रबिन्द्र श्रेष्ठ ,  जिल्ला सभाका सल्लाहकार सदस्य बागवीर घले  लगायत रहनु भएको थियो ।   सुन्बर्शी नगर सभा अध्यक्ष  सकुन्तला श्रेश्ठ, पथरी नगर सभा अध्यक्ष  टेक बहादुर मगर , मिक्लाजुङ गाउँ सभा अध्यक्ष मिलन मोक्तान , सुन्दर हरैचा नगर अध्यक्ष  कृष्ण देब राई र लेताङ नगर अधिबेशन  सम्योजक बिशल चेम्जोङ लगायत पनि अतिथिमा   रहनु भएको थियो । 
दोस्रो नगर अधिबेशन लाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि  फम्बोले अब संगठनको काम लाई प्रमुख काम ठानेर काम गर्नु पर्ने बेला आइ सकेको बताउनु । त्यस्तै उहाले चुनाब केन्द्रीय भएर संगठनको गतिविधि संचालन गर्न सबै नेता कार्यकर्ताहरु लाई निर्देशन दिनु भएको छ । कार्यक्रममा प्रान्तीय सभा सदस्य शिब कुमार राई , मोरङ जिल्ला अध्यक्ष बिकेन बान्तवा ,सदस्य अबिनास राई ,सुनबशी नगर अध्यक्ष सकुन्तला श्रेष्ठ , सुनदर हरैचा नगर अध्यक्ष कृष्ण देब राई , पथरी नगर अध्यक्ष टेक बहादुर मगर र मिक्लाजुङ गाउँ सभा अध्यक्ष मिलन मोक्तान लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
नगर अधिबेशन कार्यक्रममा मंगोल कलाकारहरुले  विभिन्न गित नित्य प्रस्तुत गरेका थिए भने कार्यक्रम विभिन्न नगर तथा गाउँ पालिकाका मंगोल नेता कार्यकर्ता लगायत मंगोल शुभचिन्तक हरुको उल्लेखनीय उपस्थिति रहेको थियो । सुमन लिङिदेन ले स्वागत मन्तव्य राख्नु भएको नगर अधिबेशन लाई धन राज लिम्बुले संचालन गरेका थिए ।
त्यस्तै शुक्रबार भएको दोस्रो नगर अधिबेशनको बन्द सत्रले भिम राइको अध्यक्षमा १७ सदस्य बेलवारी नगर सभा सर्बसहमतिले चयन गरेको छ । जसको सचिब , कोषाध्यक्ष , सह सचिबमा क्रमश जुना घले ,सोभा राई ,आरति राई रहनु भएको छ भने मणि शखर लिम्बू ,बिबेक परियार , हेम राइ , टेक बहादुर राई , साने राई , कल्पना लिम्बू , निरज गुरुङ ,पुरण गुरुङ , कल्पना गुरुङ ,बिमला गुरुङ , संगिता राई सुरेस राई र राम कुमार राई नगर सदस्यमा चयनहुनु भएको छ । नव चयन हुनुभएका पदाधिकारीहरु लाई जिल्ला सभाका अध्यक्ष बिकेन बान्तवाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो

एम एनओ बेलबारी नगर सभाको दोस्रो  अधिबेशन सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्