शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम एनओ गढी गाउपालिका ७ को अध्यक्षमा मिन बहादुर मगर

mongol vision | 2 मे 2021

एम एनओ गढी गाउपालिका ७ को अध्यक्षमा मिन बहादुर मगर

उदयपुर/ मंगोल नेशनल अर्गनाइजेशन उदयपुर गढी गाउँपालिका वडा सभा ७ को प्रथम ऐतिहासिक अधिवेशन बैशाख १८ गते हाडेबाँसको श्री माध्यमिक विद्यालय हाडेबाँसको प्रांगणमा सम्पन्न भएको छ ।

मंगोल नेशनल अर्गनाइजेशन उदयपुर गडी गाउँपालिका वडा सभा ७ को मुल अधिवेशन आयोजक सभाका संयोजक अहिन्दु मूलबासी मंगोल चोक बहादुर क्याप्चाकी मगर ज्युको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त अधिवेशनको खुल्ला घोषणा सभामा एम एनओ प्रदेश नम्बर १ को अध्यक्ष अहिन्दु मूलबासी मंगोल भाष्कर चाम्लिङ राई ज्युको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै विशिष्ट अतिथिमा मंगोल नेशनल अर्गनाइजेशन भद्रपुर नगर सभाको सचीव अर्जुन लोवा रहनु भएको थियो । विशेष अतिथिमा सोम बहदुर मगर रहनुका साथै उदयपुर गढी गाउँपालिकाका विभिन्न वडा सभाका प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो । सयौंको संख्यामा उपस्थित स्थानीय मुलवासी मंगोल समुदायहरु माझ सम्पन्न उक्त प्रथम ऐतिहासिक उदयपुर गढी गाउँपालिका वडा सभा ७ को खुल्ला घोषणा सभा कार्यक्रमलाई रेवत कुमार आले मगर ज्युले सञ्चालन गर्नुभएको थियो।

वैशाख १७ गते सम्पन्न भएको बन्द शत्रले १८ सदस्यीय वडा सभा गठन गरेको हो । नवगठित वडा सभाको अध्यक्षमा मीन बहादुर मगर ज्यु, सचीवमा प्रकाश क्याप्चाकी मगर ज्यु, सह-सचिवमा देव बहादुर लायो मगर ज्यु, कोषाध्यक्षमा छली रखाल मगर ज्यु र प्रचारप्रसार सचिवमा कमला कुमारी मगर ज्यु निर्वाचित हुनु भएको छ । यसैगरी सदस्यहरुमा तारा बहादुर मगर, सुर्य कुमारी मगर, भक्त पुलामी मगर, कुल बहादुर राई, कुल बहादुर बुर्जा मगर, टेक बहादुर क्याप्चाकी मगर, टीका क्याप्चाकी मगर, कन्चन जर्घा मगर, पदमी माया मगर, राम बहादुर बुर्जा मगर, तुला माया मगर, विपना लायो मगर र देवाती लायो मगर गरि १८ सदस्यीय नवगठीत वडा सभाको सल्लाहकारमा अमृत परियार रहनु भएको छ । नवगठित वडा सभाका सदस्यहरुलाई प्रमुख अतिथि एम एनओ प्रदेश नम्बर १ का अध्यक्ष भाष्कर चाम्लिङ राई ज्यु द्वारा सपथ ग्रहण गराईएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्