mongolvision | 27 अक्टोबर 2021
काभ्रे / मंगोल नेशनल अर्गनाइजेशन काभ्रे जिल्ला सभाले जिल्लामा गाउँ अभियानको थालनी गरेको छ ।
गाउँ गाउँ जाऔ मुलबासी जगाऔ अवस्थित्व बचाऔ भन्ने केन्द्रीय सभाको राष्ट्रिय अभियान लाई आत्मासाथ गर्दै जिल्ला सभाको सक्रियतामा अहिले काभ्रेको तेमाल गाउँ पालिकाको विभिन्न वाडहरुमा यो अभियान संचालन भइरहेको छ । जिल्ला सभाका अध्यक्ष कमल लोप्चन तामाङको नेतृत्वमा एक टोलिले अभियानमा गरिरहेको छ । टोलिले तेमाग गाउँ पालिका को वडा न १ को आधाबाटो, खानी गाउँ,सिरन्टोल, वडा नं २को चुकाबेसी ,डाँडागाउँ ,लमागाऊ,चुका,पर्थुम,वाड न ३ को सरमथली, कुण्डवाल, चेप्टेदुँगा,वाड न ४ को महुरे भञ्ज्याङ, बोल्दे फेदिचे, र वाड न ५ को ठूलो पर्सेल लगायतका गाउँ हरुको घर घरमा पुगेर एम एनओको बारेमा मुलबासी जनसमुदायहरु लाई प्रशिक्षण दिदै बुझाइ रहेको जिल्ला सभा अध्यक्ष तामाङले बताउनु भयो । उहाका अनुसार अबको केही सम्मा अभियान संचालन हुनेछ ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology