शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम एनओ झापाको पत्रकार सम्बेलन

mongolvision | 19 नोभेम्बर 2021

एम एनओ झापाको पत्रकार सम्बेलन


झापा / मंगोल नेशनल अर्गनाइजेशन १४ औं झापा  जिल्ला अधिबेशन मुल आयोजकले आफ्नो अधिबेशन बारेमा जानकारी दिने उदेश्यले पत्रकार सम्बेलन गरेको छ ।
    झापाको दमक स्थित पलेटी रेस्टुरेन्टको सभाहलमा मंसिर २ गते बिहिवार १४ औं झापा जिल्ला अधिबेशन मुल आयोजक सभाले उक्त पत्रकार सम्बेलन गरेको हो । अधिबेशन मुल आयोजक सभाका संयोजक लासिमहाङ लिम्बुले अधिबेशनको बारेमा पत्रकारहरुले सोधेको प्रश्नहरुको जवाफ दिनु भएको थियो । सो क्रममा उहाले १४ औ झापा जिल्ला अधिबेशनको तयारी तीब्र रुपमा अगाडि बढिरहेको बताउदै अधिबेशन भब्य रुपमा सम्पन्न गर्ने बताउनु भयो । झापाको कमल गाउँ पालिका वाड न ३ केर्खा बजार को खेल मैदानमा आउदो पौष ३ गते हुन लागि रहेको १४ औ जिल्ला अधिबेशनमा संगठनका केन्द्रीय नेताहरु , विभिन्न प्रान्तीय सभाका नेता एबम छिमेकी जिल्ला सभा नेताहरुको उपस्तिथि रहनेछ ।  हजारौंको संख्यामा मंगोललोक समुदायहरु कार्यक्रम सहभागीता गराइने अयोजकले बताएको छ । त्यस्तै संयोजक लिम्बुले सबै मंगोल लोकसमुदायहरु लाई पौष ३ गते केर्खा बजारमा उपस्थित भइ दिन आह्वान गर्नु भएको छ । पत्रकार सम्बेलन कार्यक्रममा मंगोल आवद्ध विभिन्न संचार छेत्रका पत्रकारहरुको उपस्थित रहेको थियो । कार्यक्रममा १४ औं जिल्ला अधिबेशन मुलआयोजक सभाका सदस्य सागर दर्जीले सबै लाई धन्यवाद दिदै स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिब बानिरा मेचेले कार्यक्रम संचालन गरेकी थिइन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्