शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम एनओ झापाले संगठनका संस्थापक ड.गोपाल गुरुङ ज्युको ८६ औं जन्मोत्सव मनायो

mongol vision | 28 जूलाई 2021

एम एनओ झापाले संगठनका संस्थापक ड.गोपाल गुरुङ ज्युको ८६ औं जन्मोत्सव मनायो

झापा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाले संस्थापक ड.गोपाल गुरुङ ज्युको ८६ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाएको छ ।

२७ जुलाइका दिन संगठनले संस्थापक प्रेसिडेन्ट को ८६ औं जन्मोत्सव कार्यक्रम मनाईएको हो । जिल्ला सभा झापाले संगठनका प्रेसिडेन्ट बुद्ध लाल मेचेको प्रमुख आतिथ्यतामा झापाको मेची नगर २ मा रहेको बहु प्रतिष्ठित मंगोल रिसर्च सेन्टरको सभाहलमा कार्यक्रम गरेको थियो । झापाका अध्यक्ष लासिमहाङ लिम्बुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती मेचेले संगठनका संस्थापकको जन्म उत्सबलाई सबैले एक उत्सबको रुपमा मनाउदै लानु पर्ने बताउनु भयो ।

एम एनओ झापाले संगठनका संस्थापक ड.गोपाल गुरुङ ज्युको ८६ औं जन्मोत्सव मनायो

त्यस्तै उहाले महामारीको यो समयमा सजक बन्दै आफ्नो कार्यहरु गर्न नेता कार्यकर्ताहरुलाई आह्वान समेत गर्नु भयो । कार्यक्रममा संगठनका केन्द्रीय सचिब सन्तोष तामाङले संस्थापकको जन्म उत्सब मनाउनुको महत्त्व बारेमा बताउनु भयो भने केन्द्रीय प्रवक्ता तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिकका सम्पादक दिलिप धिमाल, केन्द्रीय सदस्य एबम मंगोल भिजनका प्रबन्ध राज कुमार गुरुङ, केन्द्रिय सदस्यद्वय श्याम लिम्बू , दिलवरि राई लगायतले पनि आ-आफ्नो मन्तव्य राख्दै संस्थापक प्रेसिडेन्ट ड.गोपाल गुरुङको ८६ औं जन्म उत्सबको शुभकामना ब्यत गर्नु भएको थियो । कार्यक्रममा मेची नगर लगायत अन्य स्थानीय तहका एम एनओका नेता कार्यकर्ता, शुभचिन्तकहरुको उल्लेखनीय सहभागिता रहेको थियो । झापा जिल्ला सभाका प्रचार प्रसार सचीव भरत राइले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम जिल्ला सचिब बानिरा मेचेले सञ्चालन गरेकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्