बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम एनओ केन्द्रीय कार्यलयमा २७ औं मुलबासी दिवस सम्पन्न

mongol vision | 11 अगस्ट 2021

एम एनओ केन्द्रीय कार्यलयमा २७ औं मुलबासी दिवस सम्पन्न

काठमाडौ/ मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभाको आयोजनामा २७ औं बिश्व मुलबासी दिवसको अवसरमा केन्द्रिय कार्यलयमा एक कार्यक्रम सम्पन्न भएको हो ।

काठमाडौ स्थित केन्द्रीय कार्यलयको सभाहलमा संगठनका केन्द्रीय सदस्य रुबेन श्रेष्ठको अध्यक्षता र केन्द्रीय कोषाध्यक्ष आङ्दावा शेर्पाको प्रमुख अतिथिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्यहरु रिन्छेन तामाङ, जोनि बिक, दिक्पाल शेर्पा, मेन लामा, मोहन मगर, धनमाया तामाङ, बाग्मती प्रदेश प्रचार सचिव सालिक मगर लगायतले मुलबासी दिवसको बारेमा आ-आफ्नो धारणा राख्नुभएको थियो भने बागमती प्रदेश सभा सदस्य कर्मा तामाङ, काभ्रे जिल्ला अध्यक्ष कमल तामाङ, सिन्धुपाल्चोक जिल्ला अध्यक्ष निमा छिरी लामा, रसुवा जिल्ला सह-सचिव बिनोद तामाङ, दोलखा जिल्ला सचिव प्रसिना थामी, नुवाकोट जिल्ला प्रतिनिधि सुरेन्द्र तामाङ, दाङ जिल्ला प्रतिनिधि कल्पना चौधरी लगायतको पनि कार्यक्रममा उपस्थित रहेको थियो । केन्द्रिय सदस्य मेन लामाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम बागमती प्रदेश सचिव राजेन्द्र तामाङले सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्