Mongol Vision | 14 जूलाई 2021
काठमाण्डु/ गत असार १ गतेदेखि अविरल वर्षाका कारण देशको विभिन्न ठाउँमा गएको बाढीपहिरोका कारण अति पीडित बनेका स्थानीय नागरिकहरुलाई मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभाहरुले आर्थिक सहयोग गरेका छन् । अहिले विश्वभर कोभिड - १९ ले जनजीवन आक्रान्त बनिरहेको बेला देश भरको विभिन्न भेगमा असार १ गतेदेखि परेको निरन्तर वर्षाका कारण सयौं घरहरू बगेका छन् , हजारौं घरहरु डुबानमा परेका छन् , यस्तै दर्जनौं नागरिकहरुले ज्यान गुमाएका छन् भने कयौं वेपत्ता छन् । आफ्नो मुलुकमा रहेकोे ती आफन्त लगायत नागरिकहरुको त्यस्तो दर्दानक अवस्थालाई मनन गर्दै थोरै भएपनि राहत मिलोस भनेर प्रवास सभामा रहेका मित्रहरूले सहयोग गरेको जानकारी प्रवास सभा प्रमुख तथा एम एनओका केन्द्रिय सचीव सन्तोष तामाङ ज्युले मंगोल भिजन पत्रीका परिवारलाई जानकारी गराएका छन् । राहत वितरण सम्बन्धित जिल्ला सभाका कार्यकर्ताहरुसँग समन्वय गरेर वास्तविक पीडितहरुको हातमा पुर्याइने प्रतिबद्धता प्रवास सभा प्रमुख तामाङ ज्युले हामिलाई बताउनु भएको छ ।
सहयोग गर्ने प्रवास सभाहरु र सहयोग रकम यसप्रकार छन् ।
1) Kuwait Abroad Assembly= 46,303/-
2) UK Abroad Assembly= 1,59,412/-
3) Bharat Abroad Assembly= 1,09,800/-
4) Malaysia Abroad Assembly= 63,400/-
5) Qatar Abroad Assembly= 50,000/-
6) District Assembly deposit= 1,47,185/-
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology