बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम एनओ पथरी नगर सभाको कार्यक्रम तीब्र बन्दै

mongolvision | 8 जनवरी 2022

एम एनओ पथरी नगर सभाको कार्यक्रम तीब्र बन्दै


मोरङ / मंगोल नेशनल अर्गनाईजेसन पथरीशनिश्चरे नगर सभाले नगर भित्र संगठनको कार्यक्रम लाई तीब्र बनाउन थालेको छ
।नगर सभाका अध्यक्ष पुनम सापाङ्ले दिनु भएको जानकारी अनुसार निकट भबिस्य हुने चुनाव लाई मध्य नजर गर्दै नगर सभाले कार्यक्रम लाई तीब्र बनाएको हो ।
नगर सभाको  सकृयतामा वडा नं-०७ कल्याण चौकमा पौष २३ गते  शुक्रबार  स्थानिय मंगोल प्रेमि प्रेमकुमार नेम्बाड् को सभाध्यक्षतामा एकदिने मंगोल राष्ट्रबाद प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उत्त प्रशिक्षण कार्यक्रमलाई संगठनका केन्द्रिय सदस्य सुरज फोम्बो लिम्बुले सहभागीहरु लाई प्रशिक्षण प्रदान गर्नु भएको थियो ।सो क्रममा उहाले अबको चुनावमा एम एनओले कसरी जित हासिल गर्छ र मंगोलवाद बिषयमा प्रष्ट पार्नु भयो । कार्यक्रममा  जिल्ला सदस्य डम्बर बल तामाड् ,पथरीशनिश्चरे नगर अध्यक्ष पुनम साम्पाड् राई र नगर प्रमुख सल्लाहकार टेक बहादुर मगर र नगर कोषाध्यक्ष गणेश घले गुरूड् लगायतले आ आफनो मन्तव्य  राखेका थिए भने नगर सल्लाहकार बिक्रम फेम्बु लिम्बु,नगर सदस्यहरू दिलिप घिसिड्,उमेश राई र शत्तिबल राई उपस्थित रहेका थिए भने निशाना मगरले स्वागत मन्त्वय राखेको उत्त कार्यक्रम नगर सचिव रामचन्द्र गुरूड्ले सन्चालन गरेका थिए।
त्यसै नगर सभाकै सक्रियतामा शनिबार वडा नः ०३ सेवारो चौकमा स्थानिय मंगोल समर्थक मौसम तुम्बापोको सभाध्यक्षतामा एकदिने मंगोल राष्ट्रबाद प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ  । कार्यक्रममा मोरङ जिल्ला सभाका  सचिव धनराज लिम्बुले प्रशिक्षण प्रदान गर्नु भएको थियो । उहाले  मुलवासी मंगोलहरूलाई आदिवासी जनजाति र मतवाली बनाएर मंगोललाई फुटाएर शासन सत्ता बाहुनले चलाई रहेको कुरा प्रष्ट पार्नु भयो । कार्यक्रममा नगर सदस्य शत्तिबल राईले स्वागत मन्त्व्य राखेका थिए भने पथरीशनिश्चरे नगर अध्यक्ष पुनम साम्पाड् राई र नगर सल्लाहकार बिक्रम फेम्बु लिम्बुले मन्त्व्य राखेको थियो । उत्त प्रशिक्षण कार्यक्रममा नगर  प्रमुख सल्लाहकार सदस्य टेक बहादुर मगर र सदस्यहरू दिलिप घिसिड् र राम प्रसाद राई को पनि उपस्थित रहेको थियो ।  कार्यक्रम नगर सचिव रामचन्द्र गुरूड्ले सन्चालन गरेका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्