शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम एनओ पथरी नगर सभाले मनायो ड.गोपाल गुरुङ ज्युको 86औं जन्मोत्सव

mongol vision | 27 जूलाई 2021

एम एनओ पथरी नगर सभाले मनायो ड.गोपाल गुरुङ ज्युको 86औं जन्मोत्सव

मोरङ/ मंगोल नेशनल अर्गनाईजेशन पथरीशनिश्चरे नगर सभा मोरङले नेपालका प्रथम लोकतन्त्रवादी नेता युग पुरूष अमर ड.गोपाल गुरूङ ज्युको ८६ औ जन्मोत्सव भव्यताका साथ मनाएको छ ।

कोभिड-१९ को कारण जन्मोत्सव कार्यक्रम नगर सभाले आफ्नै कार्यलयको सभा हलमा मनाएको हो । नगर सभा अध्यक्ष टेकबहादुर मगरको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मोरङ जिल्ला सदस्य डम्बर बल तामाङ ज्युको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि तामाङले यो देशको मूलवासि मंगोलहरूको लागि आजको दिन मंगोलहरूको मुक्तीदाता, मानव अधिकारवादि, लोकतन्त्रवादि महामानव युगपुरूष अमर ड.गोपाल गुरूङ मुलवासिहरूको निम्ति यस भुमिमा जन्म लिनुभएकोले निक्कै नै महत्वपुर्ण र पबित्र दिन रहेको बताउनु भयो । सम्बोधनकै क्रममा उहाँले अब चाडै नै मंगोलको शासन सत्ता आउने र देशले विकाशको फड्को मार्ने बताउनु भयो । कर्यक्रममा नगर सह-सचिव गणेश प्रसाद घले गुरूङले पनि आफ्नो भनाई राख्नुभएको थियो भने उक्त कार्यक्रम नगर सचिव बिक्रम फेम्बु लिम्बुले सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्