बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम एनओ पथरी शनिश्चरे नगर सभाले मनायो २७ औं विश्व मूलवासी दिवस

mongol vision | 9 अगस्ट 2021

एम एनओ पथरी शनिश्चरे नगर सभाले मनायो २७ औं विश्व मूलवासी दिवस

मोरङ/ मोरङ जिल्ला सभाको पथरी शनिश्चरे नगर सभाको आयोजनामा २७ औं विश्व मूलवासी दिवस कार्यक्रम सम्पन्न भएको छ ।

आज अगष्ट 9 का दिन विश्व मूलवासी दिवसको अवसरमा टेक बहादुर मगरको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न सम्पन्न भएको हो । कार्यक्रममा मोरङ जिल्ला सदस्य डम्बर बल तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डम्बर बल तामाङ ज्युले २७ औं मुलवासि दिवस मनाउनुको महत्व प्रष्ट पार्दै आदिवासि जनजाति दिवस मुलवासिहरूले मनाउन नहुने कुरा प्रष्ट पार्नुभयो । पथरी नगर अध्यक्ष टेक बहादुर मगरको अध्यक्षतामा सम्पन्न मूलवासी दिवस कार्यक्रमको अवसरमा पथरी शनिश्चरे वडा नम्बर ४ का स्थानीय निवासी विजय विश्वकर्मालाई वैकल्पिक पथरी शनिश्चरे नगर सभा सदस्यमा नियुक्ति गरेको छ । कार्यक्रममा एम एनओ सुनवर्सी नगर सभा कोषाध्यक्ष रिन्छेन तामाङको आतिथ्यता रहेको थियो । कार्यक्रममा गणेश प्रसाद घले गुरुङले स्वागत मन्तव्य राखेका थिए । त्यसैगरी २७ औं विश्व मूलवासी दिवस कार्यक्रम पथरी शनिश्चरे नगर सभा सचिव बिक्रम फेम्बु लिम्बूले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्