mongolvision | 1 नोभेम्बर 2021
तनहु / मंगोल नेशनल अर्गनाइजेशन तनहुँ जिल्ला सभाले जै मंगोल अभियानको १५ कात्तिक सोमबार बाट सुरु गरेको छ ।
२३असोज सनिवारका दिन जिल्ला सभाको नियमित बैठक ले जै मंगोल अभियान कात्तिक १५ गते बाट खेल्न सुरु गर्ने निर्णय गरे अनुरु जै मंगोल अभियान सुरु गरेको जिल्ला सचिब सुस्मा आले मगरले मंगोल भिजन लाई बताए । उहाका अनुसार तनहुँको ब्यास नगर पालिका वाड न ५ पाटन अभियानको थालनी भएको छ । जिल्ला सभाले आउदो ३० गते सम्म अभियान संचालन गर्ने जनाइएको छ ।
मंगोल नेशनल अर्गनाइजेशनले आफ्नो सांस्कृतिक कान्ति अन्तरगत हरेक बर्ष बलिहाङ पर्बको अवसर पारेर जै मंगोल अभियान संचालन गर्दै आइरहेको छ । बलिहाङ पर्व बिशुद्ध मंगोलहरुको पर्व भएता पनि तथाकथित हिन्दुबादीहरुले यस पर्व लाई कथित कुकुर , काग, गाई गोरु र तथाकथित लक्ष्मीको पुजा गर्न लगाइ दिएर वीर बलिहाङको इतिहास मेटाउन खोजेको भन्दै कथित काग पुजाको अघिल्लो दिन बाट नै एम एनओले वीर बलिहाङ , वीर रावन , वीर बाली लगायत लाई सम्झदै जै मंगोल अभियान संचालन गर्ने गरेको छ । जै मंगोल अभियान विभिन्न प्रदेश , जिल्ला , नगर गाउँ र टोल सभाहरुले संचालन गर्नेछ
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology