बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम एनओका केन्द्रीय सदस्य राना अस्वास्थ

mongolvision | 30 अक्टोबर 2021

एम एनओका केन्द्रीय सदस्य राना अस्वास्थ

सिर्जना गुरुङ
रूपनदेही/ मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभाका सदस्य रुपन्देही  जिल्ला देवदह नगरपालिका वाड न:७ निवासी भीम बहादुर राना मगर अस्वास्थ  हुनु भएको छ । बिगत १३ बर्ष बाट सुगरको बिरामी रहनु भएका राना लाइ  गत माघ बाट भने बिरामी ले अलि बढी च्यापेको थियो । त्यस यता उहाले बुटवलको विभिन्न अस्पतालहरुमा उपचार गराउनु भएको थियो । डाक्टरहरुले उहालाइ क्षयरोग देखिएकोले त्यसको पनि  औषधि सेवन गर्न भनेको उहाले बताउनु भयो । अहिले उहाँ आफनै निवासमा औषधि सेवन गर्दै आराम गरिरहनु  भएको छ । त्यस्तै संगठनका अर्का केन्द्रीय सदस्य  उहाकै  श्रीमती  बिष्णु माया राना मगर बिगत केही महिना अगाडी देखी बिरामी हुनुहुन्छ । उहाकोको भने खुट्टामा केही समस्या देखिएकोले अस्वास्थ हुनु भएको छ । । उहाँ पनि घरैमा आराम गरिरहनु भएको छ । यसै बिच संगठनका केन्द्रीय सदस्यदय बिरामी परेको खबर पाए लगतै उहाहरु लाई भेट्न संगठनका केन्द्रीय मुल सचिब थमन बहादुर बुढा मगर , केन्द्रिय सदस्यहरु  कल्पना थापा मगर,शिब बहादुर गुरुङ, केशु राश्कोटी मगर , चन्द्र कुमारी गुरुङ , करण सिंह नेपाली , लाल दर्लामी मगर ,लुम्बिनी प्रान्तीय  सभाका अध्यक्ष दिपक  थापा मगर , सचिब जनक मिथुन , रूपनदेही जिल्ला र देवदह नगर सभाका नेता कार्यकर्ता हरु उहालाई भेट्न उहाको निवासमा जानू भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्