mongolvision | 30 जनवरी 2023
मोरङ / मंगोल नेशनल अर्गनाइजेशन १ नं. प्रान्तीय सभाको दोस्रो अधिवेशन हुने भएको छ ।
दिनाङक ३० जनवरीका दिन एम.एन.ओ. १ नं. प्रान्तीय
सभाका अध्यक्ष भाष्कर चाम्लिङको अध्यक्षतामा बसेको बैठकले विकिन वान्तवाको संयोजकत्वमा ५० सदस्यीय मूल आयोजक सभा गठन गरेको छ । अधिवेशनको मिति आयोजक सभाको आगामी बैठकबाट तय गरिने आयोजक सभाका सचिव लासिमहाङ मंगोलले बताए । आयोजक सभाको कोषाध्यक्षमा शिव कुमार राई, सहसचिवमा शान्ता राई र प्रचारप्रसार सचिवमा देव नारायण धिमाल रहनुभएको छ ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology