शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनअो चुलाचुली गाउँपालिका सभा पुर्नगठन

Mongol Vision News | 20 अक्टोबर 2020

एमएनअो चुलाचुली गाउँपालिका सभा पुर्नगठन

ईलाम/ मंगोल नेशनल अर्गनाइजेशन चुलाचुली गाउँपालिका सभा पर्नगठन साथै प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

अाज दिनाङ्क २० अक्टोबर २०२० मंगलबारका दिन चन्द्र केरुङको सभाध्यक्षता एवम् संगठनका केन्द्रीय सर्वोच्च सदस्य सान बहादुर मेचेको प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । त्यस्तै कार्यक्रमको विशिष्ट अतिथिमा संगठनका केन्द्रीय सदस्य मेलिना तामाङ, अतिथिहरुमा एमएनअो १ नं. प्रदेश सचिव सागर राई, झापा जिल्ला सचिव बानिरा मेचे, कमल गाउँपालिका अध्यक्ष प्रेम लिम्बू, सहसचिव हिजन राईको अातिथ्यता रहेको थियो ।

प्रमुख अतिथि मेचेले कार्यक्रममा उपस्थित मंगोल लोकसमुदायलाई मानव उत्पति, मानव अस्तित्वको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो भने विशिष्ट अतिथि मेलिना तामाङ, अतिथि सागर राई, बानिरा मेचे, प्रेम लिम्बू र हिजन राईले पनि संगठनको विषयमा अा- अाफ्नो भनाइहरु राखेका थिए ।

उक्त प्रशिक्षण कार्यक्रम कै अवसर पारेर चन्द्र केरुङको अध्यक्षतामा १४ सदस्यीय एमएनअो चुलाचुली गाउँपालिका सभा पुर्नगठन भएको छ । त्यस्तै सचिव, कोषाध्यक्ष, सहसचिवमा क्रमशः सुन्दर वाजी लिम्बू, अनिता केरुङ, सुरेन्द्र लिम्बू रहेका छन् । त्यस्तै सदस्यहरुमा राजकुमार याक्खा, बुद्धिमान राई, अन्मोल लिम्बू, सर्मिला केरुङ, सन्तोष केरुङ, ललित केरुङ, डम्बर खेवा, गंगाा लिम्बू, गोविन्द लिम्बू, शुक्र तुम्रोक, टीका याक्खा रहेका छन् । उक्त कार्यक्रम सुन्दर वाजी लिम्बूले सञ्चालन गरेका थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्