शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल रिसर्च सेन्टर निर्माणको लागि सहयोग जुटदै

Baneera Mongol Meche | 18 फेब्रुअरी 2019

मंगोल रिसर्च सेन्टर निर्माणको लागि सहयोग जुटदै

    इलाम / मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभाले झापाको मेचीनगर नगरपालिका २ मा निर्माण गर्न लागि रहेको बहुप्रतिष्ठित मंगोल रिसर्च सेन्टर निर्माणको लागि आर्थिक सहयोग प्रदान गर्ने दाताहरुको संख्या दिन प्रतिदिन बढीरहेको छ ।

 

   मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय आर्थिक सभा र जिल्ला सभा इलामले शनिबार फेब्रुअरी १७, २०१९ का दिन इलाममा डाकेको संयुक्त बैठकमा रिसर्च सेन्टरको लागि विभिन्न व्यक्तिहरूले आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । संयुक्य बैठक जिल्ला सभा इलामको कार्यलयमा सम्पन्न भएको छ ।

मंगोल रिसर्च सेन्टर निर्माणको लागि सहयोग जुटदै

     एमएनओ इलाम जिल्ला सभाका अध्यक्ष प्रेम कुमार बमजनको अध्यक्षता एवम् संगठनका केन्द्रीय प्रेसिडेण्ट बुद्धलाल मेचेको प्रमुख आतिथ्यता र केन्द्रीय सचिव सन्तोष तामाङको विशेष आतिथ्यतामा सम्पन्न भएको बैठकमा ७ लाख बढी रकम मंगोल रिसर्च सेन्टर निर्माणको लागि सहयोग प्रदान गर्ने प्रतिबद्धता आएको केन्द्रीय आर्थिक सभाका संयोजक धनप्रकाश खिम्दुङले मंगोल भिजनलाई जानकारी गराउनु भएको छ ।

 

     बैठकमा मंगोल रिसर्च सेन्टर निर्माणको लागि आर्थिक सहयोगको प्रतिबद्धता गर्ने व्यक्तिहरूमा सुर्य कुमार गुरुङ रू. १ लाख, वीर बहादुर राई रू. २५ हजार ५ सय ५१, सुर्य बहादुर तामाङ रू. ५ हजार, धनराज राना मगर रू. २५ हजार, धनप्रकाश खिम्दुङ रू. ६१ हजार, मणि पापो लिम्बू रू. ५१ हजार, शेर बहादुर तामाङ रू. १० हजार, रमा तमु रू. १० हजार, रेणुका यल्मो रू. ५१ हजार, बगलमान राई रू. १ लाख, मान बहादुर एक्तेन रू. ५ हजार, मुस्कान कर्ण रू. ५ हजार, बलवीर राई रू. ५ हजार, तुलबहादुर राई रू. ५ हजार पाँच, धनबहादुर देउसाली रू. ५१ सय, लक्षमण मक्रेहाङ रू. २० हजार, देव माक्रेहाङ रू. ३५ हजार, गणेश राई रू. २६ हजार, दिलिप याङमा रू. १ लाख १ हजार, चन्द्रमान राई रू. १० हजार, प्रेम कुमार तामाङ रू. २५ हजार पचास, गलिन्द्र योङहाङ रू. ५१ हजार रहेका छन् भने निर्माणको लागि सहयोग गर्नेहरु थपिदै जाने अध्यक्ष तामाङले बताउनु भयो ।

 

    बैठकलाई सम्बोधन गर्ने क्रममा बैठकका प्रमुख अतिथि समेत रहनुभएका केन्द्रीय प्रेसिडेण्ट बुद्धलाल मेचे ज्यूले मंगोल रिसर्च सेन्टर निर्माणको लागि आर्थिक सहयोय गर्ने प्रतिबद्धता जनाएका सबैलाई धन्यवाद प्रदान गर्दै संगठनका संस्थापक युग पुरुष अमर डा गोपाल गुरुङको सपना मध्ये रिसर्च सेन्टरलाई जसरी भए पनि निर्माण गरिछाडने उद्घाेष गर्नु भयो । बैठकमा केन्द्रीय अनुशासन सभाका संयोजक गणेश चाम्लिङ, केन्द्रीय सभाका प्रचार सचिव मणि पापो, केन्द्रीय सभा सदस्यहरु, प्रदेश सभाका पदाधिकारीहरु, इलाम जिल्ला सभाका सदस्यहरु, गाउँ तथा नगर सभाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

 

यस अघि केन्द्रीय आर्थिक सभाको पहलमा झापामा पनि मंगोल रिसर्च सेन्टर निर्माणको लागि आर्थिक सहयोग संकलन गर्ने कार्य भएको थियो । आर्थिक सभाले सहयोग प्रदान गर्ने मध्ये ५ हजार दिनेहरुको नाम बुकलेटमा राख्ने ५ हजार देखि २५ हजार सम्मकोलाई भित्तामा नाम लेख्ने २५ हजारदेखि ५० हजार सम्मकोलाई शिलालेखमा नाम राख्ने ५० हजारदेखि १ लाख सम्मकोलाई शिलालेख सँगै पि.पि. साईजको फोटो र १ लाख भन्दा माथि दिनेहरुको ठूलो फोटो सहित शिलालेखमा नाम राखिने जनाएकाे छ ।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्