Dipendra Khamcha | 4 अक्टोबर 2019
४ अक्टुबर २०१९/ ५ नं प्रदेश
मंगाेल नेशनल अर्गनाईजेशन ५ नं प्रान्तिय सभाले अायाेजना गरेकाे संगठनकाे अाधारभुत ज्ञान तथा नेतृत्व विकास सम्बन्धी २ दिने तालिम अन्तर्गत अाज पाल्पा जिल्लाका जिल्ला सभा तथा उक्त जिल्ला सभा मातहतका तल्लाे सभाका पदाधिकारी लाई लक्षित गरि पाल्पाकाे बगनासकाली गा.पा चिलाङ्दी स्थित रहेकाे चिलाङ्दी भवनकाे हलमा अायाेजना गरेकाे पहिलाे दिनकाे कार्यक्रम समापन भएकाे छ। उक्त तालिम मंगाेल नेशनल अर्गनाईजेशन ५ नं प्रान्तिय सभाका अध्यक्ष दिपक थापा मगरकाे कार्यक्रमकाे पहिलाे दिनमा मंगाेल नेशनल अर्गनाईजेशन केन्द्रीय सर्वाेच्च सभाका सदस्य केशु रास्काेटीकाे प्रमुख अातिथ्यता र केन्द्रीय सदस्य एवं अनुशासन बिभागमा सदस्य लाल दर्लामीकाे विशिष्ठ अाथित्यता रहेकाे थियाे साथै केन्द्रीय सदस्य जयकली दर्लामी अतिथिकाे रुपमा रहनुभएकाे थियाे। तालिम कार्यक्रमकाे उद्घाटन सत्रमा स्वगत मन्तव्य राख्दै एमएनअाे ५ नं प्रान्तिय सभाका सदस्य देब प्र. श्रेष्ठले सहभागीहरुलाई तालिममा सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमभरी धैर्यताका साथ बसिदसनु हुन अाग्रह गर्नु भएकाे थियाे। साथै एमएनअाेकाे ५ क्रान्तिकाे प्रतीक स्वरुप प्रज्वलन गर्दै अाैपचारिक रुपमा कार्यक्रमकाे उद्घाटन गरिएकाे थियाे। एमएनअाेका फाउण्डर प्रेसिडेण्ट युगुपुरुष अमर डा.गाेपाल गुरुङ लगायत ज्ञात अज्ञात मंगाेल सहिदहरुकाे सम्झनामा एक मिनेट माैन धारण गरिएकाे थियाे। तालिम सम्बन्धि प्रकाश पार्दै उक्त तालिका प्रशिक्षक एव बिशिष्ठ अतिथिकाे रुपमा रहेका लाल ब. दर्लामीले तालिमकाे उदेश्य, महत्व, अावश्यक्ता र अाैचित्य साथै समय तालिका बारेमा बा्ल्दै सहभागी सबैलाई सहभागीमुलक तरिकाले अगाडि बढ्न अाग्रह गर्नु भएकाे थियाे भने प्रमुख अतिथिले।अाफ्नाे मन्तव्य राख्दै सहभागी सबैलाई यश तालिकाे भरपुर उपभाेग गर्नु पर्ने र अबकाे एमएनअाेकाे बाैदिक नेतृत्वकाे रुपमा अगाडि बढ्नुपर्ने अाशा व्यक्त गर्नु भयाे। उद्घाटन सत्रकाे समापन पछि तालिका अनुसार सहभागीहरुलाई मंगाेल नेशनल अर्गनाईजेशन ५ नं प्रान्तिय सदस्य सुदिप सिंजालीले संगठानिक लेखा र अभिलेख कार्य विपयमा प्रशिक्षण प्रदान गर्नु भएकाे थियाे। त्यर पच्यात तालिममा प्रशिक्षक रहनुभएकाे लाल ब. दर्लामीले एमएनअाे संगठन र राजनितिक शब्द र त्यसकाे अर्थ र मंगाेलवाद दर्शनवारे सिकाउनु भएकाे थियाे। बाँकी प्रशिक्षण भाेलीकाे लागि राख्दै साझकाे ५ बजे तालिमकाे अाजकाे सत्र समापन गरिएकाे छ। उक्त कार्यक्रम सन्चालन स्वयम सुदिप सिंजाली ले गर्नु भएकाे थियाे।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology