बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनअाे तदर्थ काभ्रे जिल्ला सभा गठन सम्पन्न

Rajendra Tamang | 5 मे 2019

एमएनअाे तदर्थ काभ्रे जिल्ला सभा गठन  सम्पन्न

काभ्रे/4 may 2019 दिन मंगाेल नेशनल अर्गनाइजेसन तदर्थ काभ्रे जिल्ला सभा गठन भएकाे छ।धनबहादुर तामाङ काे सभाध्यक्षता तथा संगठन का केन्द्रिय प्रेसिडेन्ट बुद्धलाल मेचेको प्रमुख आतिथ्यता साथै संगठन का केन्द्रिय सर्बोच्च सभा सदस्य रिन्चेन दोर्जे तामाङ को विशेष आतिथ्यता रहेको कार्यक्रम काभ्रे जिल्ला को सदरमुकाम धुलिखेल स्थित धुलिखेल टेृनिङ सेन्टर को सभा हलमा सम्पन्न भएको हो।

एमएनअाे तदर्थ काभ्रे जिल्ला सभा गठन  सम्पन्न

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि बुद्धलाल मेचेले आफ्नो देश मा मालिक भएर बाच्ने अभियानमा 80 प्रतिशत मुलवासी मङ्गोलहरु एकजुट भयर अस्तित्व को निम्ति अघि बढी सकेकोले मङ्गोलहरु विजयको नजिक आइसकेको बताउनु भयो ।सम्बोधनको क्रममा प्रमुख अतिथि मेचेले बुद्ध दर्शनले बिस्वको मुहार फेरि दिएको स्मरण गर्नुहुदै नेपाल को 80 प्रतिशत मङ्गोलहरुले आफ्नै पुर्खा बुद्ध को दर्शनमा समाहित भयर मात्र मङ्गोल मुक्ति को धरातल मजबुत हुने अन्तरास्ट्रिय स्तर मा रहेको मङ्गोल मुलुकहरू सङ्गको सम्बन्ध सुमधुर हुने स्पष्ट पार्नु भयो । तदर्थ जिल्ला सभा काभ्रे को १७ सदस्यीय गथित पदाधिकारीहरुलाइ प्रमुख अतिथि मेचेले संगठन को पद तथा गोपनियतको सफत गराउनु भएको थियो । यसैगरी कार्यक्रम का विशेष अतिथि रिन्चेन दोर्जे तामाङ ले उपस्थित मङ्गोलप्रेमी महानुभाबहरुलाइ मानव सभ्यता ,अस्तित्व र MNO को आबस्यकता र यजेन्दाको बारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।तदर्थ जिल्ला सभा काभ्रेको अध्यक्षमा भरत तामाङ ,सचिब :इन्द्र कुमार तामाङ ,कोशाध्यक्ष:श्याम तामाङ ,सह-सचिब :सुनिता दोङ तामाङ ,प्रचारप्रसार सचिब :जिबन पुलामि मगर ,सल्लाहकार सदस्य :सुबिता तामाङ ,सदस्यहरु:सोनाम कुमार योन्जन तामाङ ,कपेन्द्र तामाङ ,सोबित तामाङ ,कोपिला तामाङ ,मिनकुमारी तामाङ ,कविता तामाङ ,लालबहादुर तामाङ,पद्मा स्यन्तन तामाङ ,राजमान तामाङ ,सुनिता तामाङ ,शान्ति तामाङ चयन हुनुभयको छ ।उक्त कार्यक्रम मा संगठन का केन्द्रिय सदस्य मङ्गोल भक्त खपाङ्गी मगर ,केन्द्रिय आर्थिक सभा सदस्य धनमया तामाङ ,गन्दगी प्रदेश सचिब देव बहादुर थापा मगर ,३नं प्रदेश प्रचारप्रसार सचिब सालिक थापा मगर , ३नं प्रदेश सदस्य सागर आले मगर ,जिल्ला सभा दोलखा अध्यक्ष निमा घिसिङ तामाङ , जिल्ला सभा उदयपुर अध्यक्ष जङ्ग राना मगर, जिल्ला सभा रामेछाप का सचिब भुवन घिसिङ तामाङ , जिल्ला सभा सिन्धुपाल्चोक सचिब निमा लामा ,प्रभास सभा का पुर्ब सम्योजक सिपि घिसिङ तामाङ लगायत का अतिथि हरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा रोजित ग्याल्जेन तितुङ ,मङ्गोल बुद्ध ,दिपेश गुरूङ (नेता) लगायत कलाकार ले समसामयिक घटना र अस्तित्व सम्बन्धी गित प्रस्तुत गर्नुभयको थियो ।कविता तामाङ को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम राजेन्द्र तामाङ द्वारा सन्चालनमा रहेको थियोे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्