बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनओ आबुखैरेनी गाउँसभा गठन

Anita Thapa Magar | 11 मे 2019

एमएनओ आबुखैरेनी गाउँसभा गठन

तनहुँ/ मंगोल नेशनल अर्गनाइजेशन तनहुँ जिल्ला सभाको सक्रियतामा जिल्लाको आबुखैरेनी गाउँसभा गठन भएको छ ।

   11 May शनिबारका दिन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापाको अध्यक्षतामा भएको एक प्रशिक्षण कार्यक्रमको बीच कुमार काजी तमुको अध्यक्षतामा 17 सदस्यीय गाउँसभा गठन भएको छ । उक्त गाउँसभाको सचिव, कोषाध्यक्ष र सचिवमा क्रमशः रश्मि थापा मगर, माया गुरुङ र विना गुरुङ छन भने सदस्यहरूमा कोश बहादुर गुरुङ, सु.पाउ बहादुर गुरुङ, अमर गुरुङ, पपि गुरुङ, मिना गुरुङ, मन बहादुर गुरुङ, याम बहादुर गुरुङ, श्री प्रसाद गुरुङ, राज कुमार गुरुङ, विवेक गुरुङ, मीन कुमारी गुरुङ, चतुर बहादुर गुरुङ तुल बहादुर गुरुङ रहेका छन । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य एवम् केन्द्रीय आर्थिक विभाग सदस्य सोम बहादुर गुरुङ प्रमुख अतिथी रहनु भएको थियो भने संगठनका केन्द्रीय सदस्य प्रविना थापा विशिष्ट अतिथी रहनु भएको थियो भने अन्य अतिथिहरूमा गण्डकी प्रदेश सभाका अध्यक्ष नवीन गुरुङ, सदस्य भक्त बहादुर गुरुङ, नवलपुर जिला अध्यक्ष जय बहादुर सारु मगर, गोर्खाका अध्यक्ष रिन्छेन लामा तामाङ र घिरिङ गाउँसभाका अध्यक्ष भिम थापा मगर रहनु भएको थियो । संसारले शान्तिका अग्रदुत सिदाहा बुद्धको दर्शन बुझेर देश अगाडि बढिरहेको बेला नेपाल बुद्ध जन्मेको देशमा हिन्दूवाद लादिएको कारण आज महामानव शान्तिका अग्रदुत सिदाहा बुद्ध ओझेल परेको र यसलाई उजागर गर्नु हाम्रो कर्तव्य रहेको कुरा प्रमुख अतिथी गुरुङले बताउनु भयो । कार्यक्रम गण्डकी प्रदेश सभा प्रचारप्रसार सचिव अनिता थापा मगरले सन्चालन गरेकी थिइन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्