बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनओ बुटवल उपमहानगरपालिकाको सिराना मजुवा वडा सभा पुनर्गठन

Mongol Vision News | 6 अगस्ट 2019

एमएनओ बुटवल उपमहानगरपालिकाको सिराना मजुवा वडा सभा पुनर्गठन

बुटवल/ मंगोल नेशनल अर्गनाइजेशन बुटवल उपमहानगर सभाको सक्रियतामा वडा नम्बर एघार सिराना मजुवा वडा सभा पुनर्गठन भएको छ ।

6 अगष्टका दिन बुटवल महानगर सभामा अध्यक्ष पवन पुलामी मगरको सभाध्यक्षतामा एकदिने मंगोल राष्ट्रवाद सम्वन्धी प्रशिक्षण कार्यक्रमको बीच

उक्त सिराना वडा सभा पुनर्गठन भएको हो । अहिन्दू मूलवासी मंगोल फुलमाया मुमि मगरको अध्यक्षतामा पन्ध्र सदस्यीय वडा सभा गठन भएको छ । जसको सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः शान्ति विश्वकर्मा, मुना श्रेष्ठ र रिता दर्जी रहेका छन् ।

एमएनओ बुटवल उपमहानगरपालिकाको सिराना मजुवा वडा सभा पुनर्गठन

त्यस्तै सदस्यहरूमा मिना मिर्जा, कौशिल्य जर्घा मगर, अस्मिता बराल, तुले घर्ती मगर, कर्णबहादुर घर्ती मगर, ज्ञान परियार, ज्ञानकुमारी सुनार र लक्ष्मी गुरुङ चयन भएका छन् । सल्लाहकार सदस्यहरुमा ओमप्रसाद घर्ती मगर र बिखबहादुर तामाङ रहेका छन् । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य एवम् अनुशासन विभाग सदस्य कल्पना थापा मगर (सुमानिङ मंगोल)को प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी विशिष्ट अतिथिमा संगठनका केन्द्रीय सदस्य एवम् केन्द्रीय अनुशासन विभाग सदस्य लालबहादुर दर्लामी मगर रहनु भएको थियो । प्रमुख अतिथी लगायत विशिष्ट अतिथिले उपस्थित मंगोलप्रेमी लोकहरुलाई संयुक्त रुपमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभयो । संगठनलाई इमान्दार, बफादार, निडर र निर्भीकताका साथ अगाडि बढाउन सफल कार्यकालको शुभकामना प्रदान गर्नुहुँदै विशिष्ट अतिथी दर्लामिले नवगठित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहन गराउनु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्