बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनओ बुद्धशान्ति गाउँसभाको आकस्मिक बैंकक सम्पन्न

Lassim hang Mongol | 16 फेब्रुअरी 2019

एमएनओ बुद्धशान्ति गाउँसभाको आकस्मिक बैंकक सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाइजेशन बुद्धशान्ती गाउँपालिका, झापाको आज आकस्मिक बसेको बैठकले तीनजना सदस्य बादल मोक्तान, मोहनसिंह लिङदेन र महेश लिम्बूलाई सर्वसम्मतले चयन गरेको छ ।

एमएनओ बुद्धशान्ति गाउँसभाको आकस्मिक बैंकक सम्पन्न

                          एमएनओ बुद्धशान्ति गाउँसभाका अध्यक्ष छत्र बहादुर खेवा लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य मंगल सिंह लिम्बूको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमको विशिष्ट अतिथिमा संगठनका केन्द्रीय सदस्य सत्यकला नेम्बाङ र अन्य अतिथिहरूमा केन्द्रीय सल्लाहकारद्धय पदम नेम्बाङ, दिलबहादुर लिङ्खिम, एमएनओ प्रदेश नं. १ सभा सदस्य बुद्धमाया फुरुम्बो, एमएनओ झापा जिल्ला १३अाैं जिल्ला अधिवेशन मूलआयोजक सभा सचिव लासिमहाङ मंगोल, प्रचार संयोजक भरत राई लगायत प्रवास सभा मलेसियाका सदस्य बादल मोक्तान थिए ।       

                                                        बुद्धशान्ती गाउँपालिका सभा सदस्य डिल्ली योङहाङको स्वागत मन्तव्य सँगै औपचारिक रुपमा शुरूवात भएको उक्त कार्यक्रममा प्रवास सभामा रहेर पनि संगठनको पाँचौं राष्ट्रिय महाधिवेशन सफल बनाउन आफ्नो एक गाँस कटाएर भए पनि भावी सन्ततिको उज्वल भविष्यको निम्ति आर्थिक सहयोग गर्नु हुने बादल मोक्तानलाई केन्द्रीय सभाको तर्फबाट कदर पत्र प्रमुख अतिथी केन्द्रीय सदस्य मंगल सिंह लिम्बूले प्रदान गर्नु भयो । एमएनओ जिल्ला सभा झापाको १३अाैं जिल्ला अधिवेशनको लागि आर्थिक संकलन विषयमा पनि गहिरो छलफल पस्चात पाँंच समुह बनाई प्रत्येक समुहमा चार जना सदस्य रहने गरि गाउँपालिका सभा सदस्यहरूको समुह चयन भयो । त्यस्तै बुद्धशान्ती गाउँसभालाई अझ तिव्रगतिमा विस्तार गर्दै बाहुनवादको षड्यन्त्रको जालो तोड्न निडर निर्भिक र इमान्दार कर्मठ र सक्रिय कार्यकर्ताको खाँचो भएको कुरा अध्यक्ष छत्र खेवाले उल्लेख गर्नु भयो ।

                    त्यस्तै कार्यक्रममा झापा जिल्ला १३अाैं जिल्ला अधिबेशन मूलआयोजक सभा सचिव लासिम हाङ मंगोल, भरत राई लगायत प्रमुख अतिथी मंगल सिंह लिम्बूले मन्तव्य राख्नु भएको थियो । संगठनको गाउँ तहदेखी जिल्ला प्रदेश र केन्द्रीय सभाको अधिवेशन, महाधिवेशन कार्यकर्ता निखारिएर अघि बढ्ने एउटा अवसर भएकोले यस कार्यमा इमान्दार र लगनशील भई अघि बढी झापा जिल्लाको १३अाैं जिल्ला अधिवेशनलाई सभ्य र भव्यताका साथ सम्पन्न गराउन सचिव लासिम हाङले अनुरोध गरे .   मन्तव्यकै क्रममा प्रमुख अतिथी मंगल सिंह लिम्बूले संगठनले देशको सिंगो व्यवस्थापन परिवर्तनको लागी लडिरहेकोले कुनै पनि अन्य पार्टीसँग सम्झौता बिना आफ्नो सिद्धान्तमा अडिग भएर संगठन बिस्तारमा लागि पर्नुपर्ने र संगठन मुक्तिको पथमा अघि बढेकोले संगठनबाट के पाउँछु भन्दा पनि संगठनलाई के कति दिन सक्छु भन्ने मनसाय बनाउनु पर्ने कुरामा जोड दिनु भयो । कार्यक्रम बुद्धशान्ती गाउँपालिका सभाको कार्यलयमा भएको थियो भने उक्त कार्यक्रम सचिव बुद्ध हाङ लिम्बूले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्