Mongol Vision News | 15 अगस्ट 2019
भद्रपुर / मंगोल नेशनल अर्गनाइजेशन भद्रपुर नगर सभाको सक्रियतामा मंगोल राष्ट्रबाद सम्बन्धि प्रशिक्षण सँगै भद्रपुर ४ नम्बर वडा सभा गठन भएको छ । 15 अगष्ट विहिबारका दिन भद्रपुर नगर सभाका कोषाध्यक्ष सुबास ईधिङगोको सभाध्यक्षता र एमएनओ केन्द्रीय सदस्य श्याम लिम्बूको प्रमुख आतिथ्यतामा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सँगै वडा सभा पुनर्गठन कार्यक्रम सम्पन्न भएको हो । भद्रपुर नगर सभा सचिव अर्जुन लोवा द्वारा सञ्चालित उक्त कार्यक्रममा विशिष्ट अतिथिमा एमएनओ केन्द्रीय सदस्य यमकुमारी लिम्बू हुनुहुन्थ्यो भने अतिथिमा भद्रपुर वडा सभा २ का वडा अध्यक्ष एम.के. लिम्बू हुनुहुन्थ्यो । त्यस्तै कार्यक्रममा एमएनओमा लामो समयदेखि आबद्द भइ आफुले हरेक तवरले सहयोग गरिरहनु भएको नर बहादुर राई, देउमान लिङखिम, वीर बहादुर नेम्बाङ, धन बहादुर मावो, याम बहादुर इधिङगो लगायत अग्रज व्यक्तित्वहरुलाई नि सम्मान गरिएको थियो । कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रमुख अतिथी लिम्बूले नेपालमा विकास भन्दा पनि मंगोलहरुको मुक्ति र स्वतन्त्रता पहिलो आवश्यकताको रुपमा रहेको बताउनु भयो । मन्तव्यकै क्रममा एमएनओको अन्तिम लक्ष्य भनेको देशमा मूलबासी मंगोलहरुको अस्तित्व कायम गराउदै मंगोल राष्ट्रवाद ल्याउनु हो । जसलाई आम राजनीतिक भाषामा लोकतान्त्रिक समाजवाद भन्ने गरिन्छ जुन लोकतन्त्रको चरम विकसित रुप पनि रहेको लिम्बूले बताउनु भयो । त्यसैगरी नेपालमा लोकतन्त्र आउनु एमएनओ फाउण्डर प्रेसिडेण्ट युग पुरुष डा.गोपाल गुरुङ ज्युको देन हो र वहाँको जन्म नभएको भए विदेशी बाहुन क्षेत्रीले नेपाल भारत विलीन गराई सक्ने कुरामा उहाँले जोडदिनु भयो ।
मन्तव्य सँगै वहाँले नवनिर्वाचित वडा सभाका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । पुनर्गठित भद्रपुर वडा सभा ४ मा अध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः रन्जित लिम्बू, आशिक लिम्बू, रमेश मगर र चन्द्र लक्तम लिम्बू मनोनीत हुनुभएको थियो भने सदस्यहरुमा सुनिल लिम्बू, हरिलाल लिम्बू, श्रीहाङ लिम्बू, निलम राई, सन्तोष लिम्बू, जोन लिम्बू, राहुल मावो, जुनु लिम्बू, जिना लिम्बू, अनिता लिम्बू, विष्णु लिम्बू, सन्चरानी लिम्बू र नरेन्द्र देवान रहनुभएको छ । उक्त कार्यक्रममा स्वागत मन्तव्य एमएनओ भद्रपुर नगर सभा सदस्य रावण मंगोलले राख्नुभएको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology