शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनओ भद्रपुर नगर सभाको वडा २ पुनर्गठन

Mongol Vision News | 3 अगस्ट 2019

एमएनओ भद्रपुर नगर सभाको वडा २ पुनर्गठन

भद्रपुर ÷ मंगोल नेशनल अर्गनाइजेशन भद्रपुर नगर सभाको वडा नम्बर २ वडा सभा पुनर्गठन भएको छ ।
३ अगष्टका दिन मंगोल नेशनल अर्गनाइजेशन भद्रपुर नगरसभाको सक्रीयतामा उक्त वडा सभा पुनर्गठन भएको हो । विभिन्न घरायसी व्यस्तताका कारण पुर्व वडा अध्यक्षले संगठनमा समय दिन नसकेका कारण वडा सभा निष्क्रिय बन्दै गइरहेकोले उक्त वडा सभा पुनर्गठन गर्नु परेको नगरसभा अध्यक्ष जयेन मगरले बताउनु भयो । कार्यक्रममा भद्रपुर नगर सभा अध्यक्ष जयेन मगरको सभाध्यक्षता रहेको थियो । गौरिशंकर टोल स्थित मंगोल राष्ट्रवाद सम्बन्धी एक प्रशिक्षण कार्यक्रमको बीच पुनर्गठन भएको हो । नवगठित सभाका अध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः महेन्द्र कुमार लिम्बू, सानबहादुर लङ्वा, शुक्रराज लिम्बू र धनबहादुर लिम्बू रहेका छन् । त्यस्तै सदस्यहरुमा काजिमान खाम्दाक, धनबहादुर राई, अमर बहादुर राई, कुमार तामाङ, नारायण राई, युद्ध सुब्बा, धिरज राई, भिम बहादुर राई, निखिल योगि, बुद्ध राई, आशिष् तामाङ रहेका छन् भने सल्लाहकारमा चन्द्र जोगी, कृष्ण जोगी र बल बहादुर लङवा चयन हुनुभएको छ । वडा नम्बर दुई मंगोलमय बनाउन नयाँ जोस, जाँगर र अठोटका साथ अघि बढ्न निर्देशन दिनुहुँदै अध्यक्ष जयेन मगरले नवगठित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रम भद्रपुर नगर सभा सदस्य सतिस लिम्बूले सञ्चालन गरेका थिए ।
 

एमएनओ भद्रपुर नगर सभाको वडा २ पुनर्गठन

यसैगरी भद्रपुर नगर सभाकै पहलमा वडा नम्बर चार अस्सि बिघे लाईन गुरुङ टोलमा मंगोल राष्ट्रवाद सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य श्याम लिम्बूको प्रमुख आतिथ्यता रहेको थियो । प्रशिक्षण कार्यक्रममा उपस्थित मंगोलप्रेमी महानुभावहरुलाई प्रमुख अतिथि लिम्बूले सांगठनिक विषयवस्तु लगायत देशको समसामयिक राजनीतिक घटनाबारे प्रशिक्षण प्रदान गर्नुभयो । हिजो हाम्रो बाउ बाजे पुर्खाहरुलाई शिक्षा देखि बञ्चित गराई बन्दुक बोकि लडाइँ लड्न पठाउनुको मुख्य उद्धेश्य तपाईं हामी समस्त अहिन्दू मूलवासी मंगोलहरुलाई पछि पार्ने षड्यन्त्र रहेको कुरा उहाँले बताउनु भयो । हामी पछि पर्नुको कारण शिक्षा देखि बञ्चित भएको कुरामा उहाँले जोड दिनुभयो । प्रशिक्षणकै क्रममा आदिवासी जनजाती र मूलवासी शव्दबारे पनि उहाँले प्रष्ट पार्नुभएको थियो भने उक्त प्रशिक्षण कार्यक्रम पश्चात् स्थानिय मंगोलप्रेमी महानुभावहरु पनि २५औं विश्व मूलवासी दिवस कार्यक्रममा सरिक हुने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्