बुधबार 17 जूलाई 2019

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>

एमएनओ भद्रपुर नगर सभामा एकदिने बन्द कार्यकर्ता प्रशिक्षण सम्पन्न

Mongol Vision News | 29 जून 2019

एमएनओ भद्रपुर नगर सभामा एकदिने बन्द कार्यकर्ता प्रशिक्षण सम्पन्न

भद्रपुर/ मंगोल नेशनल अर्गनाइजेशन भद्रपुर नगर सभाको आयोजनामा एकदिने बन्द कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर नगर सभा अध्यक्ष जयन मगर ज्युको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभा सदस्य एवम् केन्द्रीय आर्थिक विभाग सदस्य सान बहादुर मेचे ज्युको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी मेचे ज्युले भद्रपुर नगर सभाका कार्यकर्ताहरुलाई मंगोल राष्ट्रवाद लगायत, नेतृत्व विकास लगायतका विषयमा प्रशिक्षण प्रदान गर्नुभयो । त्यसैगरी कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापा र ओखलढुंगा जिल्ला सभाका अध्यक्ष बजेन्द्र वम्बुले विशिष्ट अतिथिको रुपमा रहनु भएको थियो । विशिष्ट अतिथीद्धय लासिम हाङ मंगोल र बजेन्द्र वम्बुले ज्युले पनि मन्तव्य राख्नु भयो भने भद्रपुर नगर सभा सचिव अर्जुन लोवा ज्युले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्