बासुदेव नेपाली | 6 सेप्टेम्बर 2021
रुपन्देही / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रुपन्देही द्वारा २०२१ सेप्टेम्बर ६, सोमबार का दिन बुटवल १७, रानिगंज को भूपूसैनिक भवनमा एकदिने मूलवासी मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि एम एनओ केन्द्रिय सदस्य तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाका बजार व्यवस्थापक शिव बहादुर गुरुङ ज्यु हुनुन्थ्यो, प्रमुख अतिथि गुरुङले मंगोल नेशनल अर्गनाइजेशन को भिजन र डा गोपाल गुरुङले यो देशका ८० प्रतिशत मूलवासी मंगोलहरुको लागि पुर्याउनु भएको योगदान बारे प्रशिक्षित गराउनु भएको थियो र कार्यक्रममा जिल्ला सभाका सल्लाहकार ज्ञान बहादुर गुरुङ ज्युले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो भने कार्यक्रममा सभाध्यक्ष को भूमिका निर्वाह गर्नुभएको थियो जिल्ला सभाका सल्लाहकार ओम प्रसाद गुरुङ रहनुभएको थियो भने उक्त कार्यक्रम जिल्ला सभाका सदस्य वाशुदेव नेपालीले संचालन गर्नुभएको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology