शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनओ झापा जिल्ला सभाद्वारा समवेदन पत्र हस्तान्तरण

Mongol Vision News | 6 सेप्टेम्बर 2019

एमएनओ झापा जिल्ला सभाद्वारा समवेदन पत्र हस्तान्तरण

झापा / मंगोल नेशनल अर्गनाइजेशन भद्रपुर नगर सभा सचिव अर्जुन लोवा मंगोलको ममतामयी आमा चन्द्र कुमारी लोवाको निधनप्रति मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापा स्तब्ध हुँदै आज एक कार्यक्रम गरी समवेदन पत्र बुझाएको छ ।

एमएनओ झापा जिल्ला सभाद्वारा समवेदन पत्र हस्तान्तरण

  भद्रपुर नगरपालिका वडा नम्बर-४ रङ्गे झोडा निवासी मृतक चन्द्र कुमारी लोवा केही समय देखि क्यान्सर रोगले ग्रसित थिईन । गतहप्ता मात्र उहाँको असामहिक निधन भएको थियो । संगठन प्रती गहिरो झुकाव राख्ने उहाँको संगठन प्रतीको साथ समर्थन र झुकावलाई शिरोपर गर्दै जिल्ला सभा झापाले एक कार्यक्रम गरि समवेदना पत्र बुझाएको छ । मंगोल नेशनल अर्गनाइजेशन झापा जिल्ला सभा झापाका सचिव बानीरा मेचेले उक्त समवेदना पत्र पढेर सुनाएकी थिइन् भने अध्यक्ष लासिम हाङ मंगोलले समवेदन पत्र अर्जुन लोवा मंगोललाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य श्याम लिम्बू त्यसैगरी जिल्ला सभा झापाका कोषाध्यक्ष वीरवल योङहाङ, प्रचारप्रसार सचिव भरत राई लगायत सदस्य केवि तामाङ र मंगोल शुभेच्छुक अनिल लिम्बूको पनि उपस्थिति रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्